NIMB Header 2
Nepal Life

लाइन काटिएका उद्योगमा बिजुली जोडियो, ६१ उद्योगको २२ अर्व २४ करोड बक्यौता

IME LIFE
  • BFIS News
  • 2024 Nov 13 13:58
लाइन काटिएका उद्योगमा बिजुली जोडियो, ६१ उद्योगको २२ अर्व २४ करोड बक्यौता
United Ajod

काठमाडौ ।  सरकारको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले विद्युत काटेका उद्योगहरुमा पुन: बिद्युत लाइन जोडिदिएको छ। मन्त्रिपरिषद्को निर्देशन बमोजिम प्राधिकरणले उद्योगको लाइन जोडेको हो।

Nepal Life
NIMB

सरकारको निर्देशनपछि बसेको प्राधिकरणको बोर्ड बैठकले  उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो। बक्यौता नबुझाएको भन्दै प्राधिकरणले गत कार्तिक ८ गते लाइन काटिदिएका २३ उद्योगमा लाइन जोडिदिएको हो। 

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले मंगलबार रातिदेखि नै लाइन जोड्ने काम सुरु गरिएको बताए। 

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

बक्यौताका विषयमा उद्योगी र प्राधिकरणबीच लामो समयदेखि विवाद हुँदै आएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया