नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित
- BFIS News
- 2026 Nov 27 23:06
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। संघको शुक्रबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो।
रेग्मी यसअघि संघको उपाध्यक्ष थिए। संघका निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुई वर्षे कार्यकाल पूरा भएपछि रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन्। कोइरालाले आफ्नो कार्यकाल पूरा गर्दै शुक्रबारदेखि संघको नेतृत्व रेग्मीलाई हस्तान्तरण गरेका छन्।
त्यसैगरी, संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। यसअघि कार्यकारी समिति सदस्य रहेका खनाल उपाध्यक्षमा चयन भएका हुन्।
संघको कार्यकारी समिति सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्य चयन भएका छन्। यसअघि कार्यकारी समिति सदस्य रहेका खनाल उपाध्यक्षमा निर्वाचित भएपछि रिक्त भएको सदस्य पदमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ।
संघको कार्यकारी समिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय रहने व्यवस्था छ। यसअघि लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाहले कार्यकारी समिति सदस्यबाट छाडेपछि एक सदस्य पद रिक्त थियो। त्यस्तै, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङको पनि कार्यकारी समिति सदस्यका रूपमा दुई कार्यकाल पूरा भएको छ। नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने थप एक कार्यकाल सदस्यका रूपमा रहने भएका छन्।
यसैबीच, संघको ४०औँ वार्षिक साधारणसभाका अवसरमा पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने कार्यक्रमसमेत रहेको छ।
दुई वर्षे कार्यकाल पूरा गरेका निवर्तमान अध्यक्ष कोइरालाले आफ्नो कार्यकालमा साथ, सहयोग र समर्थन गर्ने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्रका व्यक्तित्व तथा सरकारी र गैरसरकारी सरोकारवाला संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, नवनिर्वाचित अध्यक्ष रेग्मी, उपाध्यक्ष खनाल तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया