Nepal Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका होटल तथा पर्यटन समुहका कम्पनीको वित्तीय अवस्थामा क्रमिक सुधार, हेरौ कसको अवस्था कस्तो

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 05:38
लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका होटल तथा पर्यटन समुहका कम्पनीको वित्तीय अवस्थामा क्रमिक सुधार, हेरौ कसको अवस्था कस्तो
Shikhar detail

काठमाडौं, मंसिर २ । दोस्रो बजारका लगानीकर्ताले अत्याधिक रुचाएका होटल तथा पर्यटन समुहका कम्पनीको वित्तीय विवरण भने खासै उत्साहजनक देखिदैन । यस समुहमा ६ वटा कम्पनी रहेका छन् । ६ कम्पनी मध्ये ५ वटाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

NIMB

जसमध्ये सिटी होटल र ओरिएण्टल होटल नोक्सामा देखिएका छन् भने सोल्टी होटल, तारागाउँ र चन्द्रागिरी भने मुनाफामा देखिएका छन् । गएको वर्ष पर्यटन क्षेत्रमा सुधार देखिएको भनिएता पनि यस वर्ष खासै उत्साहजनक देखिएको छैन । चालु आर्थिक वर्षमा सोल्टी र तारागाउँ बाहेक अरुको आम्दानी गत वर्षको भन्दा पनि खस्किएको छ । 

मुनाफा 

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १२ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा १८.३४ प्रतिशतले मुनाफा बढाएको होटलले गएको वर्ष १० करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो धेरै मुनाफा कमाउनेमा तारागाउँ रिजेन्सीको ४ करोड ५६ लाख रुपैयाँ छ । गत वर्षको यहि अवधिमा ४ करोड ४० लाख थियो । ओरयण्टल होटलको मुनाफामा भारी गिरावट आइको छ । यस वर्ष ९७ प्रतिशतले घटेर ३२ लाखमा सिमित भएको छ । 

चन्द्रागिरीले भने १९ प्रतिशतले बढाएर २ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अव भने चन्द्रागिरीले आफुलाई रिभाइव गर्दै लगेको छ । सिटी होटल भने ५ करोड ६२ लाख नोक्सानमा छ । 

आम्दानी 

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५ होटलको आम्दानी ११ प्रतिशतले बृद्धि भएको छ । अन्तर्राष्ट्रिय सेमिनार तथा विभिन्न कार्यक्रम गर्न सक्ने क्षमता भएका सोल्टी तथा तारागाउँले यस त्रैमाशमा उल्लेख्य मात्रामा आम्दानी बढाउन सफल भएका छन् । यस बाहेक अरुको भने आम्दानीमा गिरावट देखिन्छ । 

सोल्टीले तीन महिनामै ५१ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ भने तारागाउँले ३० करोड ६ लाख, ओरियण्टलले २१ करोड ६५ लाख, चन्द्रागिरीले १६ करोड ९६ लाख, सिटीले १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेका छन् । यस वर्ष समग्रमा होटलको अकुपेन्सी एकदमै कम देखिएको होटल व्यवसायीले जनाउदै आएका छन् । 

चुक्ता पूँजी तथा जगेडा कोष 

अझै पनि सिटी होटल र चन्द्रागिरी हिल्सको जगेडा कोष ऋणात्मक छ । यि दुई मध्ये चन्द्रा गिरीले यसै वर्षदेखि जगेडा कोष धनात्मक बनाउन सक्ने देखिन्छ । तर सिटि होटलको मुनाफा नै धेरै ऋणात्मक रहेकाले यस वर्ष जगेडा कोष धनात्मक हुने कुनै गुन्जायस छैन । प्रतिशेयर आम्दानी पनि सबै होटलको एकदमै कम छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार