NIMB Header 2
Nepal Life

बैंक वित्तीय संस्थाले पहिलो त्रैमाशमा एक अर्ब ८१ करोड नाफाबाट कर्मचारीका लागि छुट्टाए २ अर्ब ७२ करोड बोनस

National Life
  • BFIS News
  • 2024 Nov 18 05:05
बैंक वित्तीय संस्थाले पहिलो त्रैमाशमा एक अर्ब ८१ करोड नाफाबाट कर्मचारीका लागि छुट्टाए २ अर्ब ७२ करोड बोनस
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा कर्मचारीहरुका लागि मुनाफाबाट २ अर्ब ७२ करोड रुपैयाँ बोनस छुट्टाएका छन् । पहिलो त्रैमाशमा बैंक वित्तीय संस्थाले १८ अर्ब २० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

Shikhar
NIMB

यहि मुनाफाबाट बैंहरुले नियम अनुसार अहिलेदेखि नै बोनस प्रोभिजनिङ गरेर राखेका हुन् । गएको आर्थिक वर्षको यहि अवधिमा बैंकहरुले कर्मचारीका लागि २ अर्ब २३ करोड रुपैयाँ प्रोजिनिङ गरेका थिए । गएको वर्षको अघिल्लो वर्षमा भने २ अर्ब ७९ करोड रुपैयाँ प्रोजिनिङ गरेका थिए । गएको वर्ष खराव कर्जाका कारण अधिकाम्स बैंकहरुको मुनाफामा गिरावट देखिएको थियो । अहिले पनि यसको प्रभाव बाँकी नै छ ।

बैंकहरुले यसरी छुट्टाएको रकम कर्मचारीहरुलाई अहिले नै दिदैनन् । कर्मचारीहरुले असार मसान्तसम्म उठेको रकम हिसाव गरेर मात्रै वितरण गर्छन् । कर्मचारीहरुले बोनस ऐन अनुसार नाफाको १० प्रतिशत बोनस वापत पाउँछन् । साथै, बोनस ऐन अनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ । केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैंमा र वार्षिक साधारणसभामा किस्ता/किस्ता गरेर वितरण गर्छन् । अझै पनि अधिकाम्स बैंकहरुले गएको वर्षको मुनाफाबाट कर्मचारीलाई बोनस दिएका छैनन् । लेखापरीक्षण पश्चात दिन मिल्ने भएकाले अवको केहि समयमा कर्मचारीले गएको वर्षको बाँकी बोनस रकम पनि पाउने छन् ।  

पहिलो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै बोनस नबिल बैंकले छुट्टाएको छ । बैंकले कर्मचारीका लागि बोनस बापत ३१ करोड ५१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । दोस्रो धेरै बोनस ग्लोबल आइएमई बैंकले २३ करोड ८६ लाख रुपैयाँ छुट्टाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २३ करोड २५ लाख, प्राइमले २० करोड ३१ लाख, एनएमबीले १८ करोड १९ लाख, एभरेष्ट बैंकले १७ करोड ८६ लाख, कुमारी बैकले १७ करोड २९ लाख, प्रभु बैंकले १५ करोड ५९ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ करोड ६८ लाख, नेपाल एसबिआइ १३ करोड ४८ लाख, हिमालयन बैंकले ११ करोड ५३ लाख, नेपाल बैंकले ३ करोड ६३ लाख, लक्ष्मी सनराइज बैंकले ८ करोड ५३ लाख रुपैयाँ छुट्टाएका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा (विवरण रु. दश लाखमा)

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक अवधिमा 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया