NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकद्धारा मुक्तिनाथ फाइदा एप संचालनमा, बैंकका सम्पुर्ण सुविधाहरु अव मोबाइलबाटै

Muktinath Bank
  • BFIS News
  • 2024 Nov 18 21:26
मुक्तिनाथ विकास बैंकद्धारा मुक्तिनाथ फाइदा एप संचालनमा, बैंकका सम्पुर्ण सुविधाहरु अव मोबाइलबाटै
National Life

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाईल बैंकिङ्ग सेवाको स्तरबृद्धि गरि थप सेवा सहितको Muktinath FAIDA App (Financial Access in Digital Application) संचालनमा ल्याएको छ ।

NIMB

मुक्तिनाथ फाइदा एप संचालन पछि ग्राहकहरुले मोवाईल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सकिने भएको छ । ग्राहकले गर्ने सुरक्षित कारोवारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ ।

ग्राहकहरुले मोवाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोवार गर्न सकिनेछ । यसका साथै अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नविकरण, इ–कर्मस कार्ड सकृय, भाषा छनौट, बिदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी , बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोवार सफल नभएमा कारोवारको दाबी गर्न, बैंकले दिने बिभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाब दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको छ ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष (Mutual Fund) “मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया