NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सको २० औं बार्षिकोत्सव सम्पन्न, दुई दशकमा दर्जन बढि सूचकमा सर्वाधिक अगाडी, शेयरधनीलाई २९५ % लाभांश

Muktinath Bank
  • BFIS News
  • 2024 Nov 18 22:21
शिखर इन्स्योरेन्सको २० औं बार्षिकोत्सव सम्पन्न, दुई दशकमा दर्जन बढि सूचकमा सर्वाधिक अगाडी, शेयरधनीलाई २९५ % लाभांश
Everest Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा २० वर्ष कार्यानुभव हासिल गरेका ११ जनालाई सुनको सिक्का र १० वर्ष कार्यानुभव पुरा गरेका ३४ जनालाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको छ । कम्पनीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यस्तो सम्मान गर्दै आइरहेको छ । 

Shikhar
NIMB

कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल भएको छ । 

१. १०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

२. २०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

३. ३०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

४. ४०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

५. ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी

६. बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा

७. २० वर्षको समयमा रु.२० अर्व भन्दा बढीको दाबी रकम भुक्तानी

८. २० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी

९. २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान

१०. मर्जर विना रु.२५० करोडको चुक्ता पुँजी पुर्याउने पहिलो बीमा कम्पनी

११. १०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी

१२. ६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी

निर्जीवन बीमा व्यवसायमा सुरुवातिदिनदेखि नै शिखर इन्स्योरेन्सले आक्रामक रुपमा आफुलाई अगाडी बढाएको थियो । छोटो समयमै कम्पनीले निर्जीवन बीमा उद्योगका हरेक सूचकलाई ब्रेक गर्दै आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सोही क्रममा कम्पनीले वार्षिक एक अर्ब भन्दा धेरै बीमा व्यवसाय आर्जन गर्ने पहिलो कम्पनी बन्यो । यस सँगै कम्पनीले लगातार २०० करोड, ३०० करोड, ४०० करोड, ५०० करोडको पहिलो रेकर्ड बनाइसकेको छ । अव ६ सय करोडको टार्गेटमा कम्पनी जुटिसकेको छ । 

कम्पनीले बीमित सँग बीमा शुल्क मात्रै दिएको छैन । बीमितलाई भवितव्य जोखिमबाट पर्न गएको क्षतिबापत हालसम्म २० अर्ब भन्दा धेरै दाबी भुक्तानी समेत गरिसकेको छ । जसबाट लाखौ बीमितको आहातमा राहात पाइसकेका छन् । शेयरधनीले पनि आकर्षक प्रतिफल प्राप्त गरिसकेका छन् । दुई दशकको अवधिमा कम्नपीले आफ्ना लगानीकर्तालाई २९५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।   

कम्पनीले २० वर्षको समयमा निम्न सम्मानहरु प्राप्त गर्न सफल रह्यो । 

१. ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको ।

२. मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित

३. बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित

४. कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित

५. नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित

शिखर इन्स्योरेन्स कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रमा धेरै वटा कुराहरुको ट्रेण्ड सेट गरेको छ । कम्पनीको सञ्चालक समिति तथा उच्च व्यवस्थापनको अथक मिहिनेत र परिश्रमले नेपालको बीमा उद्योगमा उदाहरणीय काम गर्दै आइरहेको छ । कम्पनीले लिने कयौ अग्रचापले नियामकदेखि अन्य बीमा कम्पनीहरुले समेत पछ्याएका कयौ उदाहरुण छन् ।

कम्पनीले पछिल्लो समय असोज ११ र १२ गतेको अविरण वर्षाका कारण पुर्याएको जनधनको क्षतिबाट बीमितलाई छिटो भन्दा छिटो राहात पुर्याउने उद्देश्य सहित द्रुत गतिमा दाबी भुक्तानी दिएर बीमा कम्पनीले चाह्यो भने के चाँही गर्न सक्दैन भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । अन्य कम्पनीहरुले अझै पनि सर्भेयरको रिपोर्टलाई मूल्याङ्कन गरिरहेका छन् तर शिखरले लगभग दाबी भुक्तानीलाई अन्तिम चरणमा पुर्याइसकेको छ । यस्तै उदाहरणीय काम गर्दै शिखरले बीमितको मन जित्दै आइरहेको छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया