सयपत्री हाइड्रोपावरले १०० % हकप्रद शेयर निष्काशन गर्ने, दिर्घकालिन ऋण तिर्ने
- BFIS News
- 2024 Nov 19 10:40
काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले विद्यमान चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
सञ्चालक मसितिले उक्त प्रस्ताव उपर हकप्रद शेयर निष्काशनको अनुमतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय समेत गरेको छ । हकप्रद शेयरबाट प्राप्त हुने रकमबाट कम्पनीले केहि दीर्घकालिन कर्जा भुक्तानी गर्ने र बाँकी रकम दरम खोला 'ए' जलविद्युत आयोजनाको निर्माण तथा मर्मतका लागि खर्च गर्ने भएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया