सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढ्यो, प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार
- BFIS News
 - 2024 Nov 20 11:01
 
                    
काठमाडौं । मंसिर ५ गते,सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।
यस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया