नेपालको पहिलो पटक सोभरियन रेटिङ सम्पन्न, पायो 'डबल बि माइनस'
- BFIS News
- 2024 Nov 22 05:41
काठमाडौं । नेपालको पहिलो पटक 'सोभरियन रेटिङ' सम्पन्न भएको छ । नेपालको रेटिङ गर्ने जम्मेवारी पाएको अन्तर्राष्ट्रिय संस्था ‘फिच क्रेडिट रेटिङ’ ले बिहीबार नेपालको साख मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई डबल बि माइनस रेटिङ दिएको हो ।साख मूल्यांकन भएपछि अब विदेशी लगानीकर्ताका लागि नेपालमा राम्रो अवसर भएको सन्देश जानेछ ।
नेपालले दुई दुई वर्षमा आह्वान गर्ने लगानी सम्मेलनमा लगानीकर्ताले सोभरियन रेटिङको माग गर्दै आइरहेका थिए । कतिपयले मुलुकको रेटिङ समेत छैन को आउने लगानी गर्न भन्दै आलोलचना समेत गर्ने गरेका थिए ।
सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरुबारे जानकारी दिन्छ, त्यसमा राजनीतिक जोखिम पनि पर्छ। कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ। त्यति मात्रै होइन, विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन।
कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ। साथै, मुलुकहरुले विदेशी लगानी आकर्षित गर्न पनि रेटिङ गराउँछन। सबैभन्दा राम्रो ‘एएए’ (ट्रिपल ए)देखि सबैभन्दा नराम्रो सी ग्रेडसम्म राखेर रेटिङ गर्ने गर्छन। उनीहरुबीच रेटिङ प्रदान गर्ने तरिका थोरै भिन्न हुने गर्छ। जस्तै, सबैभन्दा नराम्रो अर्थात टाट पल्टेको मुलुक वा निकायलाई भने एसडी–डी र फिचले आरडींडी रेटिङ दिन्छन्।
त्यसमध्ये बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा मुनि बी माइनससम्मकोलाई सट्टेबाजीको रेटिङ मानिन्छ। त्यसभन्दा मुनिको रेटिङलाई उच्च जोखिमयुक्त वा टाट पल्टिनसक्ने सम्भावना भएको मानिन्छ। जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने मानिन्छ।
नेपालको बीबी माईनस आएको हो। यो बंगलादेशभन्दा माथि हो। साउथ अफ्रिकाको रेटिङ बीबी माईनस छ। क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरुले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्ने गरिन्छ। स्ट्यान्डर्ड चार्टड बैंकको एडभाइजरीमा नेपालको कन्ट्री रेटिङ गरिएको हो।
रेटिङ एजेन्सीले नेपालमा वस्तु तथा सेवाको खरिदका लागि चाहिने विदेशी मुद्रा सञ्चितिको अवस्था मजबुत रहेको तथा अर्थतन्त्र शिथिलताबाट क्रमशः माथि उठ्दै गएकाले आर्थिक वृद्धिदर बढ्ने आधारमा उक्त रेटिङ प्रदान गरिएको जनाएको छ ।
क्रेडिट रेटिङ गर्दा कुनै पनि देशको साखको गुणस्तर मूल्यांकन गर्ने, ऋण दायित्व भुक्तान गर्ने क्षमता विश्लेषण गर्ने, विभिन्न प्रकारका वित्तीय जोखिम पहिचान गर्ने, सरकारको राजस्व परिचालन क्षमता र खर्च प्रणाली विश्लेषण गर्ने, विदेशी मुद्राको स्रोत र स्थिरता तथा आर्थिक पारदर्शिता लगायतका विषय अध्ययन गर्दै निश्चित अंक दिइन्छ ।
बीबी माइनसदेखि माथिको सार्वभौम रेटिङ भएको मुलुक लगानीका लागि राम्रो मानिन्छ । त्यसभन्दा तलको रेटिङलाई उच्च जोखिमयुक्त मानिन्छ । दक्षिण एसियाका अन्य देशको तुलनामा भने यो राम्रो रहेको अर्थ मन्त्रालयले जनाएको छ।
क्रेडिट रेटिङ एजेन्सी फिचले नेपाललाई लगानीका लागि जोखिमयुक्त भएको जनाएको छ । यो रेटिङले नेपालको ऋण तिर्ने क्षमतालाई सामान्य मान्यता दिए पनि आर्थिक जोखिमको संकेत भने देखाएको छ ।
नेपालको सार्वजनिक वित्त व्यवस्थापन कमजोर अवस्थामा र बजेट विनियोजन प्रभावकारी नभएको नतिजामा उल्लेख छ । राजनीतिक अस्थिरताले विकास परियोजना कार्यान्वयन प्रभावकारी नहुँदा मध्यमकालीन आर्थिक वृद्धिको परिदृष्य कमजोर रहेको पनि बताएको छ । हाइड्रोपावर लगायतका क्षेत्रले भने अर्थतन्त्रलाई राम्रो टेवा पुर्याउन सक्ने भन्दै यस्तो रेटिङ प्रदान गरिएको जनाएको छ ।
नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली गत भदौमा नेपाल आएको थियो। सोही मूल्यांकनपछि अहिले नतिजा सार्वजनिक गरेको हो । आज अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरेर रेटिङको विषयमा औपचारिक धारणा व्यक्त गर्दैछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)

.jpeg)


प्रतिक्रिया