Nepal Life

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि विक्री खुला, १०० कित्ता बराबर ६२.२५६ कित्ता भर्न पाउने

NMB Bank
  • BFIS News
  • 2024 Nov 26 10:59
एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि विक्री खुला, १०० कित्ता बराबर ६२.२५६ कित्ता भर्न पाउने
United Ajod

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज मंगलबारदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत  अर्थात् हाल कायम  चुक्ता पूँजीको १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

Shikhar
Nepal Life
NIMB

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २७ गते एकदिन बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको हकप्रद शेयर  निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। हकप्रद शेयरमा बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि –आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया