NIMB Header 2
Nepal Life

टाट पल्टियो कर्णाली डेभलपमेन्ट बैंक, निक्षेप संकलन र कर्जा लगानीमा रोक, राष्ट्र बैंकले गर्यो सुधारात्मक कारबाही

National Life
  • BFIS News
  • 2024 Nov 26 11:44
टाट पल्टियो कर्णाली डेभलपमेन्ट बैंक,  निक्षेप संकलन र कर्जा लगानीमा रोक, राष्ट्र बैंकले गर्यो सुधारात्मक कारबाही
Sanima Reliance

काठमाडौं । आर्थिक मन्दी र खराव अर्थतन्त्रको प्रभाव विगत लामो समयदेखि बैंक वित्तीय संस्थामा देखिदै आएकोमा नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन तथा कर्जा विस्तारमै रोक लगाउनु परेको छ । 

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले सुपरिवेक्षणको क्रममा कर्णाली डेभलपमेन्ट बैंकको न्यूनतम पुँजीकोष अनुपात तोकिएको बमोजिम कायम नभएको देखेपछि तत्काल कारोबार रोक्न निर्देशन दिएको हो । निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम देखिएको छ।

वित्तीय संस्थाहरुको खराब ऋण ५% भन्दा तल र पुजीकोष १०% माथि हुनु पर्छ। कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो खराब ऋण ७ % रहेको गत असोजमा देखाएको थियो। तर राष्ट्र बैंकको सुपरिवेक्षणकमा खराब कर्जा ४०% माथि भेटिएको हो।

यीसँगै विविध अन्य कारणले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले सुधारात्मक कारबाही अनुरुप सम्पूर्ण कारोबारमा राष्ट्र बैंले रोक लगाएको हो। राष्ट्र बैंकले ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय परिसूचक सुधार गर्ने सतर्मा आजदेखि लागू हुने गरि कारबाही गरेको हो।

यो विकास बैंकको सेयर मूल्यमा हिजो प्रति कित्ता ४५ रुपैयाँ वृद्धि भएको थियो। सेयर मूल्य बढेर हिजो ८४० रूपैयाँ पुगेको थियो। यो संस्थाको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ छ। राष्ट्र बैंकले सुधारात्मक कारबाही अगाडी बढाए सँगै बैंकको शेयर मूल्यमा पनि गिरावट आएको छ । 

पछिल्ला दिनमा अधिकाम्स बैंकहरु यहि समस्याबाट गुग्रिरहेका छन् । कुनै पनि बैंकको कर्जा असुलीका लागि लिलामीमा जाने हैसियत छैन । जसले गर्दा कर्जालाई वासिङ गर्दै बसिरहेका छन् । नयाँ कर्जा प्रवाह नहुँदा बैंकिङ तरलता प्रयाप्त भएकै कारण आजका दिनमा बैंकहरु सामान्य अवस्थामा देखिएको बैंकरहरु बताउछन् । अन्यथा बैंकहरु धेरै नै समस्यामा रहदै आएका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया