Nepal Life

बजार बढ्दा यि हुन् सर्वाधिक धेरै सुधार भएका १० कम्पनी, ८ वटामा सर्किट

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 15:19
बजार बढ्दा यि हुन् सर्वाधिक धेरै सुधार भएका १० कम्पनी, ८ वटामा सर्किट
Shikhar detail

काठमाडौं । बुधबार नेप्से सूचक ३८.८१ अंकले सुधार हुँदा ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक २७.५५.४७ अंकमा बन्द हुँदा ९ अर्ब ३१ करोडको कारोबार भएको छ । 

NIMB

आज विशाल बजार कम्पनीको शेयर मूल्य थप १० प्रतिशतले बढेर ४ हजार ९५० रुपैयाँ पुगेको छ । कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा समेत सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुसी लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सर्किट लागेको छ । 

सुपर मर्दीको ९.९५ प्रतिशत र एलआइसी नेपालको शेयर मूल्यमा समेत ९.७५ प्रतिशतले सुधार भएको छ । सरकार र विशाल बजार कम्पनी विचको विवाद टुङ्गिए सँगै अव कम्पनीले लाभांश दिन सक्ने आकलन सँगै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो । यद्यपी सरकारको नाममा शेयर बढे सँगै कम्पनीले दिने लाभांश प्रतिशत भने धेरै हुने देखिदैन । 

आज फाइनान्स बाहेक सबै सूचकमा सुधार देखिएको छ । ट्रेडिङको सूचक भने ९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै विकास बैंकको सूचक ३.१८ प्रतिशतले बृद्धि हुँदा अधिकाम्सको शेयर मूल्यमा उछाल आएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार