NIMB Header 2
Nepal Life

पुर्वका उद्योगीले अर्थमन्त्री पौडेल र युवराज खतिवडा सँग भटेर पोखे गुनासो, उद्योग धन्धा सुस्तायो

Muktinath Bank
  • BFIS News
  • 2024 Nov 27 18:10
पुर्वका उद्योगीले अर्थमन्त्री पौडेल र युवराज खतिवडा सँग भटेर पोखे गुनासो, उद्योग धन्धा सुस्तायो
Everest Bank

काठमाडौं । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा काठमाण्डौ गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई भेटी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समसामयिक समस्याका सम्वन्धमा छलफल गरी समाधानका लागि पहल गर्न अनुरोध गरेको छ । 

Shikhar
NIMB

छलफलमा अध्यक्ष राकेश सुरानाले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग बजारमा लामो समय देखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुदै गएको र यो क्रम अझ लम्विए यसले उद्योग व्यवसायहरुमा दुरगामी प्रभाव पर्ने तर्फ ध्यानाकर्षण गराउदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले अग्रसरताका लागि अनुरोध गरेको छ । 

प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंगको छलफलमा नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाईउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगहरुलाई समस्यामा पारेको वताएको छ ।  भारतले लागु गरेको सो नीति नेपाली उद्योगका लागि अवसर भएपनि तत्कालका लागि भारत निर्यातमा परेको प्रभावलाई मध्यनजर गरी नेपाली वस्तुलाई व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिने प्रकृयामा कृटनीतिक माध्यमबाट सहजीकरण गर्न उद्योगमन्त्री समक्ष अनुरोध गरेको छ । 

त्यसैगरी २०८० जेष्ठ १० गते विराटनगरको आइ.सि.पि. सम्म आएको कार्गो रेल हालसम्म शुल्कका कारण सञ्चालनमा आउन नसकेको तर्फ प्रधिनिधि मण्डलले ध्यानाकर्षण गराउदै कार्गोरेल सञ्चालनका लागि शुल्क परिमार्जन गर्न सम्वन्धित निकायमा मन्त्रालयबाट सहजीकरण हुनुपर्ने धारणा उद्योग मन्त्री समक्ष राखेको छ ।    

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडासंगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान वनाउन सुक्ष्म अध्ययन गरी सरकार र नीजि क्षेत्र दुवैले हातेमालो गरी अघि वढनु पर्ने धारणा राखेको छ । 

अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, दिपक अग्रवाल, वीरेन्द्र राठी र महानिर्देशक चुडामणि भट्टराई सम्मीलित प्रतिनिधि मण्डलले संगठनको आयोजनामा विराटनगरमा आगामी माघ ११ देखि २० गते सम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा छलफल गरी दुवै कार्यक्रमलाई उपलब्धिमूलक वनाउन नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग मन्त्रालयको सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया