NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा, बीमा कम्पनीहरु मध्ये पहिलो बन्यो लाभांशमा

National Life
  • BFIS News
  • 2024 Nov 29 11:17
सूर्यज्योति लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा, बीमा कम्पनीहरु मध्ये पहिलो बन्यो लाभांशमा
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफले जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

कम्पनीले गएको वर्ष ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यसरी मर्जर पछि कम्पनी लाभांश वितरणमा आक्रमक देखिएको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब एक करोड जुटाइसकेको कम्पनीले यस वर्ष शेयरधनीलाई नगद दिएर राहात दिने भएको हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार