महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थासँग वातावरणमैत्री तथा सिआरएस सम्झौता
- BFIS News
- 2024 Nov 29 14:09
काठमाडौं। महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस)अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागज राउन्ड टेबल नेपाल र बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनका लागि दिने र त्यसमार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासका लागि खर्चिने गरी राउन्ड टेबल नेपालसँग समझदारी भएको बैंकले बताएको छ।
बैंकले चार सय बढी घरधुरी रहेको तिनकुने टोल सुधार समिति काठमाडौंलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ।
यस्तै, ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृति प्रदर्शनका लागि आयोजित पाटन हेरिटेज रनवे आयोजना गर्न आर्थिक सहयोग गरेको छ।
दैनिक कार्यसञ्चालनका लागि कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्सीजस्ता कार्यालय सामग्री खरिद गर्न शिवमन्दिर, बसडिलवा, सिद्धार्थनगर रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया