Nepal Life

नेपाल लाइफद्वारा धौलागिरीका ६ उपशाखामा अभिकर्ता तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Nov 30 10:48
नेपाल लाइफद्वारा धौलागिरीका ६ उपशाखामा अभिकर्ता तालिम सम्पन्न
United Ajod

काठमाडौं । मंसिर १४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश कार्यालयको आयोजनामा धौलागिरीका ६ वटा शाखामा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका नेशनल सेल्स हेड उमापती पोख्रेल र गण्डकी प्रदेश प्रमुख सहदेब अधिकारी को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

तालिमको अवसरमा बोल्दै नेशनल सेल्स हेड उमापती पोख्रेलले बिमा भनेको भैपरी आउने जोखिम हस्तान्तरण गर्ने कानुनी प्रक्रिया भएकाले ढुक्क भएर समाजमा बिमाको बारे सुसूचित गराउदै बिमा गराउने काममा सक्रिय भएर लाग्न अभिकर्तालाई आग्रह गरेका थिए ।

यस्तै पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका केन्द्रिय उपाध्यक्ष रामशरण पोख्रेलले कम्पनी, अभिकर्ता र बिमितको त्रीपक्षिय  सम्बन्धले बिमा ब्यवसाय वृद्धि गर्न टेवा पुगेको बताए ।

धौलागिरी क्षेत्रका बाग्लुङ, कुश्मा, बुर्तिवाङ, गल्कोट, बेनि र हातेमालो उपशाखामा कार्यरत अभिकर्ताहरुलाइ ब्यवसाय वृद्धिका लागि तालिम संचालन गरिएको कम्पनिका गण्डकी प्रदेश प्रमुख अधिकारीले जानकारी दिए । कम्पनिका नायब महाप्रबन्धक समेत रहेका पोख्रेल र प्रदेश प्रमुख अधिकारी  प्रत्येक उपशाखामा पुगेर छुट्टाछुट्टै तालिम संचालन गरेका थिए ।

साथै आफ्नो आफ्नो उपशाखामा गत बर्ष उत्कृष्ट ब्यवसाय गरि प्रथम, द्दित्तिय र तृतीय हुने अभिकर्तालाई सम्मान गरिएको थियो । सबै उपशाखामा गरि ३ सय बढी अभिकर्ता तालिममा सहभागी भएको बताइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया