माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस शेयर घोषणा, कर प्रयोजनका लागि नगद पनि दिने
- BFIS News
- 2024 Dec 03 10:54
काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीकोे सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०८९–८० मा पनि कम्पनीले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गरेको थियो ।
यता, कम्पनीले लाभांश वितरण प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया