Nepal Life

मुक्तिनाथ बैंक र एनसिएचएलबिच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने 

NMB Bank
  • BFIS News
  • 2024 Dec 04 14:05
मुक्तिनाथ बैंक र एनसिएचएलबिच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने 
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ ।

Shikhar
Nepal Life
NIMB

यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाईल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटली लगाएतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेट मार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने भएको छ  । यस प्रकारको सेवाहरुले विदेशी पर्यटकलाई नगद बोक्ने झनझट नहुनुको साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । बैंकले डिजिटल सेवमा मात्र नभई विकास बैंक मध्य नेपालकै पहिलो सामूहिक लगानाी कोष मुक्तिनाथ म्युचुअल फण्ड यहि मंसिर २० गतेबाट बिक्रीमा ल्याउन लागेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया