मिथिला लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश घोषणा
- BFIS News
- 2024 Dec Fri 12:12

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५% लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२८६% बोनस सेयर र कर तिर्न ०.७१४% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । संस्थाले यस भन्दा अघिल्लो आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश दिएको थियो । त्यस भन्दा अगाडीको वर्षमा २५ प्रतिशत लाभांश दिएको थियो ।
प्रतिक्रिया