Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, प्रणालीबाट ७० अर्ब तान्दै

NMB Bank
  • BFIS News
  • 2024 Dec 08 14:08
बैंकिङ प्रणालीमा अधिक तरलता, प्रणालीबाट ७० अर्ब तान्दै
United Ajod

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिए सँगै नेपाल राष्ट्र बैंकले प्रणालीबाट तरलता खिच्ने भएको छ । बैंकले आज प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको हो । आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल सिडि रेसियो ७८.६१ प्रतिशत रहेको छ । बैंकहरुले अधिकतम ९० प्रतिशतसम्म सिडी रेसियो काम राख्न पाउछन् । हाल बैंकहरुले ६६ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी ५३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया