Nepal Life

कालिका लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Dec 11 11:00
कालिका लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
United Ajod

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको छ । सोमध्ये ९.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

Shikhar
Nepal Life
NIMB

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

संस्थाको हालको चुक्ता पूँजी ३७ करोड २३ लाख रुपैयाँ रहेको छ । यस भन्दा अगाडी आर्थिक वर्ष २०७८/७९ मा २० प्रतिशत लाभांश दिएको थियो । खराव कर्जाका कारण संस्थाले गएको वर्ष लाभांश दिन पाएको थिएन । संस्थाले विगतमा ६५ प्रतिशतसम्म लाभांश दिएको रेकर्ड छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया