NIMB Header 2
Nepal Life

फेवा तालमा प्रभु महालक्ष्मीको 'लाइफ ज्याकेट'

National Life
  • BFIS News
  • 2024 Dec 13 18:54
फेवा तालमा प्रभु महालक्ष्मीको 'लाइफ ज्याकेट'
Sanima Reliance

काठमाडौँ । अव फेवा तालमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाइफ ज्याकेट प्रयोग हुने भएको छ । कम्पनीले आठौ वार्षिकोत्सवको अवसरमा फेवा डुङ्गा व्यवसायी संघठनलाई ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । यस सँगै पोखराको फेवाताल घुम्न जाने पर्यटकहरुले कम्पनीको लाइफ ज्याकेट प्रयोग गर्न पाउने भएका हुन् ।  

Shikhar
NIMB

कम्पनीले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारी, अभिकर्ताको साथै सर्वसाधारणको उपस्थिति थियो । 

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग प्रदान गरेको हो । कम्पनीले वितरण गरेको लाइफ ज्याकेट फेवा तालमा भ्रमण गर्न आउने पर्यटकहरुले प्रयोग गर्नेछन् । कम्पनीको यस्तो कार्यले कम्पनीको ब्राण्डिङमा ठुलो मद्दत पुग्ने कम्पनीको विश्वास छ । कम्पनीले पछिल्लो समय ब्राण्डिङको कामलाई विशेष प्राथमिकता दिदै आएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार