Nepal Life

कृषि विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, अग्राधिकारमा ६ प्रतिशत अरुलाई ३ प्रतिशत बोनस शेयर सहित नगद

NMB Bank
  • BFIS News
  • 2024 Dec 19 11:34
कृषि विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, अग्राधिकारमा ६ प्रतिशत अरुलाई ३ प्रतिशत बोनस शेयर सहित नगद
United Ajod

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ।

Shikhar
Nepal Life
NIMB

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया