NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफका सिइओ खत्रीको तलब भत्ता ७५ प्रतिशतले बढ्यो, बुझे एक करोड २४ लाख, शेयरधनीले एक अर्ब पाउने

National Life
  • BFIS News
  • 2024 Dec 21 08:35
सूर्यज्योति लाइफका सिइओ खत्रीको तलब भत्ता ७५ प्रतिशतले बढ्यो, बुझे एक करोड २४ लाख, शेयरधनीले एक अर्ब पाउने
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीको वार्षिक तलब भत्ता ७५ प्रतिशतले बृद्धि भएको छ । उनि बीमा क्षेत्रका सबैभन्दा कान्छा प्रमुख कार्यकारी अधिकृत हुन् । उनले गत आर्थिक वर्षमा एक करोड २४ लाख ६१ हजार रुपैयाँ तलब भत्ता बुझेका हुन् । 

Shikhar
NIMB

उनले गएको आर्थिक २०७९/८० मा ७१ लाख १४ हजार रुपैयाँ बुझेका हुन् । उक्त रकम मर्जर पछिको अवधिको रहेको कम्पनीले उल्लेख गरेको छ । गत वर्ष वार्षिक तलब भत्ता बापत एक करोड १० लाख, बोनस तथा इन्सेन्टिभ बापत १० लाख २४ हजार, अन्य तीन लाख ९३ हजार र बीमा शुल्क बापत १४ हजार ४५५ रुपैयाँ बुझेका छन् ।

कम्पनीका सञ्चालकहरुले गएको वर्ष २८ लाख ३८ हजार बैठक भत्ता र २२ लाख ७० हजार सहित कुल ५० लाख भन्दा धेरै खर्च भएको छ । त्यस्तै लेखापरीक्षण तथा अन्य समितिको बैठक भत्ता बापत ३० लाख रुपैयाँ खर्च भएको छ । यसरी विभिन्न शिर्षकमा भत्ता बापत ८० लाख भन्दा ठुलो रकम खर्च भएको छ । 

शेयरधनीले पनि शेयर वर्ष बम्पर नगद लाभांश पाउदै छन् । कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत अर्थात एक अर्ब रुपैयाँ नगद लाभांश वितरण गर्दैछ । गत आर्थिक वर्षमा एक अर्ब १९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले मर्जरको सुविधालाई उपयोग गर्दा बीमा ऐन र कम्पनी ऐन अनुसार निर्धारित समयमै साधारणसभा सम्पन्न गरेर कर सुविधा लिने भएको छ । प्रस्तुत लाभांशमा शेयरधनीले कर तिर्नु पर्नेछन् । उक्त सबै रकम शेयरधनीले प्राप्त गर्न सक्ने छन् । 

नेपालको जीवन बीमा क्षेत्रमा सेवा प्रदान गरिरहेका दुई सफल जीवन बीमा कम्पनीहरू सूर्या लाइफ तथा ज्योति लाइफ बिचको पहिलो ऐतिहासिक मर्जर पश्चात् सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम भई ‘जीवनको लागि’ भन्ने मुल नाराका साथ नेपालको जीवन बीमा क्षेत्रमा उभिएको र कम्पनीको चुक्ता पूँजी, कुल लगानी, जीवन बीमा कोष, शाखा सञ्जाल, एजेन्सी नेटवर्क, बीमितको संख्या आदि समेतको आधारमा नेपालको जीवन बीमा क्षेत्रकै एक सबल, उत्कृष्ट तथा अग्रणी कम्पनीको रूपमा सेवा प्रदान गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले जनाएका छन् । मर्जर गर्ने  रणनीतिक निर्णय कार्यान्वयन पश्चात कम्पनी दिनानुदिन सबल र सुदृढ बन्दै गएको कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराइले बताएका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार