NIMB Header 2
Nepal Life

हिमालयन बैंकले एफपीओ प्रस्तावसहित साधारण सभा बोलायो, पुस १८ मा बुक क्लोज

National Life
  • BFIS News
  • 2024 Dec 23 08:48
हिमालयन बैंकले एफपीओ प्रस्तावसहित साधारण सभा बोलायो, पुस १८ मा बुक क्लोज
Sanima Reliance

काठमाडौ । हिमालयन बैंक लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ। बैंकको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले सभा काठमाडौँको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजे गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

यस पटकको सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन। सभामा बैंकको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको चयन गर्ने, र विभिन्न खर्च अनुमोदनका एजेन्डा राखिएको छ।

थप रूपमा, बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्कासन) प्रिमियममा जारी गर्ने प्रस्ताव राखेको छ। एफपीओ निष्कासनपछि जारी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विषय पनि सभामा पेस हुनेछ।

साधारण सभाका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया