Nepal Life

साग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2024 Dec 23 10:39
साग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने प्रस्ताव
United Ajod

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले पुस २९ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया