Nepal Life

कृषि विकास बैंकको १०.५३ प्रतिशत लाभांश पुस १४ गतेसम्म शेयर किन्नेले मात्रै पाउने, पुस २९ मा साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Dec 23 11:03
कृषि विकास बैंकको १०.५३ प्रतिशत लाभांश पुस १४ गतेसम्म शेयर किन्नेले मात्रै पाउने, पुस २९ मा साधारणसभा
United Ajod

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया