NIMB Header 2
Nepal Life

आज पनि ४० अर्ब खिच्दै राष्ट्र बैंक, तरलता अधिक भएपछि एक सातामै एक खर्ब रुपैयाँ खिच्यो

Muktinath Bank
  • BFIS News
  • 2024 Dec 24 11:17
आज पनि ४० अर्ब खिच्दै राष्ट्र बैंक, तरलता अधिक भएपछि एक सातामै एक खर्ब रुपैयाँ खिच्यो
National Life

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ। मंगलबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ४० अर्ब खिच्न लागेको हो।

NIMB

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल छ। जसले गर्दा केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। गत आइतबार पनि केन्द्रीय बैंकले ६० अर्ब खिचेको थियो।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले पुस ९ गते बेलुका २ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्नेछ। अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। प्रणालीमा तरलता सन्तुलन राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया