NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध, एनपिआइमा जोडेर भुक्तानी प्रणालीलाई सहज बनाउने

Citizen Life
  • BFIS News
  • 2024 Dec 26 20:19
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध, एनपिआइमा जोडेर भुक्तानी प्रणालीलाई सहज बनाउने
National Life

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ ।

NIMB

सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाइ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

उक्त सम्झौता पश्चात प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन ।

यस अन्तर्गत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले NCHL-IPS र RPS प्रणालीहरु मार्फत आफ्ना प्रिमियम भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन । सेवा लाईभ भए सँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले NPI  प्रयोग गरी आफ्ना बीमाकर्ताहरुलाई रिण भुक्तानी गर्न थालिसकेको छ र भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने योजना रहेको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको NPI मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुको NCHL-IPS र RPS प्रणालीहरुको प्रयोग गर्न सक्नेछन् ।     

प्रभु महालक्ष्मी इन्स्योरेन्स लाइप आफ्नो देशभर रहेका शाखाहरु मार्फत ग्राहकहरुलाई बिमा सेवाहरु प्रदान गर्दै आइरहेको छ । नेपाल क्लियरिङ्ग हाउससँगको यस सहकार्यले इन्स्योरेन्सको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया