Nepal Life

मुना शाक्यले पाइन् शुभ विवाहमा १० लाखको बीमा पोलिसी उपहार

NMB Bank
  • BFIS News
  • 2025 Jan 17 19:18
मुना शाक्यले पाइन् शुभ विवाहमा १० लाखको बीमा पोलिसी उपहार
National Life

काठमाडौं । मुना शाक्यले शुभ विवाहको दिन १० लाखको बीमा पोलिसी प्राप्त गरेकी छिन् । विवाहको दिनमा माइलो दाजु सुब्बामान शाक्यले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १५ वर्ष अवधिको पोलिसी लिइदिएका हुन् । 

Shikhar
NIMB

शाक्यले आगामी १५ वर्षसम्म आफैले बीमा शुल्क भुक्तानी गर्ने बाचा गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कलङ्की शाखाका चिफ बिजनेस म्यानेजरले आज बेहुली मुनाको स्थायी घर धादिङ सिद्धलेक गाउँपालिकामै पुगेर पोलिसी उपहार हस्तान्तरण गरेका हुन् । दाजु सुब्बामान शाक्य वैदेशिक रोजगारका क्रममा पोल्याण्डमा छन् । 

दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने विचार आएको र बीमा पोलिसी उपहार दिँदा बहिनीको भविष्य पनि सुरक्षित हुने भोलिका दिनमा बहिनी ज्वाईंलाई गाह्रो परेको खण्डमा पोलिसी धितो राखेर ऋण पनि पाइने तथा समय अवधि पुगेपछि बहिनी ज्वाईलाई भोलिका दिनमा सहजता आउने भएकोले नै आफूले बीमा पोलिसी उपहार दिएको सुब्बामान शाक्यले बताए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया