NIMB Header 2
Nepal Life

अपर तामाकोशीको हकप्रद शेयर आजदेखि निष्काशन, असोज ७ गतेसम्म आवेदन दिन सकिने

National Life
  • BFIS News
  • 2023 Sep 04 11:36
अपर तामाकोशीको हकप्रद शेयर आजदेखि निष्काशन, असोज ७ गतेसम्म आवेदन दिन सकिने
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आज भदौ १८ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोडको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गरेको हो । यस अनुसार कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा साउन २५ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी' रेटिङ प्रदान गरेको छ। यसले कम्पनी वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया