वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
- BFIS News
- 2023 Sep 04 12:22
काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।
सूचनाका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । अस्पतालका अनुसार उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न नआएको हुँदा लाश बेवारिसे अवस्थामा छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया