NIMB Header 2
Nepal Life

तारकेश्वर नगरपालिकाका प्राचार्य र विद्यार्थी सम्मानित, 'उत्कृष्ट शिक्षा हासिल गर्न विदेश जानुपर्दैन'

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 04 15:45
तारकेश्वर नगरपालिकाका प्राचार्य र विद्यार्थी सम्मानित, 'उत्कृष्ट शिक्षा हासिल गर्न विदेश जानुपर्दैन'
Everest Bank

काठमाडौं । एन.आर कलेज पूर्व विद्यार्थी समाजले तारकेश्वर नगरपालिका भित्र रहेका सम्पुर्ण उच्च माध्यमक विद्यालयका प्रमुखहरुलाई सम्मान गरेको छ । समाजले तारकेश्वर नगरपालिकाका उच्च माध्यमिक विद्यालयबाट प्लस टु उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

Shikhar
NIMB

कार्यक्रमको प्रमुख आतिथ्यता तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरीले महर्जन थिए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख सिर्जना बुर्लाकोटी, एनआर कलेजका अध्यक्ष चित्र बर ध्वज थापा, क्याम्पस प्रमुख राजिप धिताल, एन.आर कलेजका पुर्व क्याम्पस प्रमुख धनलाल महर्जन, नगर शिक्षा प्रमुख लगायत २३ वटा स्कुलका प्रमुख तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई संबोधन गर्दं नगर प्रमुख महर्जनले आफु प्रमुख भएर आउने वित्तीकै शिक्षालाई पहिलो प्राथमिकता दिएको बताए । उनले भने ‘हामी बैशाख ३० गते निर्वाचित भएर जेठ ६ गतेको पहिलो एजेण्डामा शिक्षालाई प्राथमिकताका साथ समावेश गरेका थियौ । हामी आउनु भन्दा अगाडी शिक्षामा एक करोड ३० लाख खर्च हुँदै आएकोमा अहिले ८ करोड ४६ लाख पुर्याएका छौ ।’

नगरपालिका भित्र रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन तारकेश्वरले नेपालकै पहिलो पटक सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित अध्यक्ष हुने व्यवस्था गरिएको प्रमुख महर्जनले दाबी गरे । उनले थपे ‘हामीले सुरुवात गरेको अभ्यासलाई अहिले महानगरपालिकाले समेत पच्छ्याएको छ ।’ एस.इ.इको परीक्षा दिने विद्यार्थीलाई मध्यनजर गर्दै नगरपालिकाले पृथ्वी नारायण माध्यमिक विद्यालयबाट कक्षा दिने व्यवस्था गरिएको भन्दै प्रमुख महर्जनले यसबाट धेरै विद्यार्थी लाभान्वित भएको जानकारी दिए ।

कार्यक्रमलाई संबोधन गर्दै एन.आर कलेजका क्याम्पस प्रमुख धितालले एन.आर. कलेजले विश्व विद्यालय अनुदान आयोगको मापदण्ड पुरा गर्ने प्रकृयाँमा रहेको हुँदा आगामी दिनमा अझ धेरै गुणस्तरिय शिक्षा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एन.आर. कलेज गैरनाफामुलक संस्था भएकाले हरेक दृष्टिकोणबाट सहुलियतपुर्ण रहेको धितालले जानकारी दिए । पछिल्लो समय स्तातक तहमा विद्यार्थीको चाप घट्दै गइरहेको सन्दर्भमा एन.आर. कलेजलाई त्यस तर्फ चिन्ता गरिहाल्नु पर्ने अवस्था नआइरहेको उनले बताए । उनले थपे ‘हामीले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिएका छौ ।’

यस्तो कार्यक्रम मार्फत नगरपालिका भित्र रहेका स्कुलका सम्पुर्ण प्रचार्य तथा प्रमुखहरुलाई एकै स्थानमा भेट्न पाएको भन्दै उनले आगामी दिनमा सबै जना एउटा परिवारका रुपमा अगाडी बढ्न आह्वान गरेका छन् ।

एन.आर. कलेजले विद्यार्थी कल्याणकारी कोष स्थापना गरेर विद्यार्थीहरुको दुखमा साथ दिने काम गरेको धितालले जानकारी दिए । आर्थिक अभावमा एनआर कलेजका कुनै पनि विद्यार्थीले विचैमा पढाइ छाड्न नपरोस भनेर यस्तो कोषको स्थापना गरिएको हो ।

नगर उप प्रमुख सिर्जना बुर्लाकोटीले कार्यक्रममा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश जानु भन्दा नेपालमै अध्ययन गर्न अनुरोध गरेकी छिन् । उनले देशमै बसेर केहि गर्न सुझाव दिइन् । बुर्लाकोटी पनि एन.आर. कलेजकी पुर्व विद्यार्थी हुन् ।

एन.आर. कलेजका पुर्व क्याम्पस प्रमुख महर्जनले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । विद्यार्थीहरुको हितमा काम गर्नका लागि यस्तो कोषले सहयोग पुग्ने उनको भनाइ छ । सरकारले शिक्षालाई प्राथमिकता दिन नसक्दा वैदेशिक अध्ययनमा विद्यार्थीको पलायन हुने क्रम बढेको भन्दै महर्जनले स्तातक तहलाई तीन वर्षमा झार्न पहल भइरहेको जानकारी दिए ।

एन. आर. कलेज पूर्व विद्यार्थी समाजका अध्यक्ष परोपकार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सो समाजका श्वेच्छा उप्रेती, हरिहर सिलवालले सम्मानित प्राचार्य तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरे ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया