NIMB Header 2
Nepal Life

आज २० औं निजामति दिवस मनाइँदै, यी हुन् पुरस्कृत हुने कर्मचारीहरु

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 08 12:15
आज २० औं निजामति दिवस मनाइँदै, यी हुन् पुरस्कृत हुने कर्मचारीहरु
Everest Bank

काठमाडौं । आज २२ औ निजामति सेवा दिवस । नेपालमा निजामती सेवाको लामो इतिहास रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन ‘भाद्र २२’ लाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको हो । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले निजामती ऐन ल्याएको थियो । दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत, सम्मान र सेवानिवृत्तलाई सम्मान गर्दै आइएको छ ।

Shikhar
NIMB

एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो । सरकारले विगतका वर्षमा जस्तै यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गरेन ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् ।

यसैगरी राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडाकी नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् ।

यसैगरी ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार कान्ति बाल अस्पताल काठमाडौंकी प्रमुख अस्पताल नर्सिङ प्रशासक डा. रोशनी लक्ष्मी तुइतुई सहित ३० जनाले पाएका छन् ।

पुरस्कार पाउनेहरुमा कुमार प्रसाद घिमिरे, सुजन जोजिजु, सुकदेव लम्साल, रेविका अमात्य, राजेश कुमार केसी, होमनाथ भट्टराई, संगीता स्वाँर, डा. डमरुबल्लभ पौडेल, नारायण प्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीना पौडेल, सुशीला ज्ञवाली छन् ।

यसैगरी किशोर पन्थी, नवराज तामाङ ब्लोन, युक्त प्रसाद सुवेदी, मनिता न्यौपाने, शशिघर सेढाई, ठाकुर प्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहर लाल अहिरले पनि ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाएका छन् ।

निजामती सेवा दिवस निजामती राष्ट्रसेवक, सार्वजनिक सेवाका सेवाग्राही र आम सरोकारवालाका लागि आफैंमा महत्त्व राख्ने दिन हो । मुलुकी प्रशासनको मियोका रूपमा रहेको निजामती सेवा सरकारको अपरिहार्य कार्यकारी अङ्ग हो । निजामती सेवाले राज्यका अन्य सेवाहरूको तुलनामा महत्त्वपूर्ण भूमिका र कार्य-जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । सार्वजनिक नीति तर्जुमामा सरकारका सबै तहमा राजनीतिक नेतृत्वलाई विशेषज्ञयुक्त सहयोग पुर्याउँदै राज्यका नीति कार्यान्वयन गर्ने तथा सार्वजनिक सेवाप्रवाह गर्ने मूल अभिष्टले गठित यो सेवामा व्यवसायिक कर्मचारीहरू आबद्ध हुन्छन् ।

सरकार र आम जनताबीच सम्पर्क सेतुका रूपमा रहने भएकोले राज्य सञ्चालनका सन्दर्भमा निजामती सेवाको भूमिका अपरिहार्य रहेको छ । हरेक नागरिकले दिनदिनै देख्ने, भोग्ने र अनुभूत गर्ने सरकार भनेकै वास्तवमा निजामती सेवा नै हो । सरकारको सफलता र प्रभावकारिताको मापन निजामती सेवाको कार्यकुशलता, व्यवसायिकता र सार्वजनिक सेवाप्रवाहको चुस्तताबाट नै गरिन्छ । जुनकुनै सरकारलाई पनि सफल, सहज र नागरिक सापेक्षरूपमा सञ्चालन गर्नमा स्थायी सरकारका रूपमा रहेको निजामती सेवाको स्थान र प्रभाव अत्यन्तै महत्त्वपूर्ण रहन्छ ।

देशको शासन प्रणाली र दैनिक प्रशासन सहजरूपमा सञ्चालन गरी सार्वजनिक सेवाप्रवाहलाई व्यवस्थित गर्ने अभिप्रायःले हरेक मुलुकमा निजामती सेवाको गठन भएको हुन्छ । नेपालको सन्दर्भमा नेपालको संविधानमा नै निजामती सेवाको गठनसम्बन्धी विषयलाई व्यवस्थित गरिएको छ । संविधानको धारा-२८५ मा देशको प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा र आवश्यकतानुसार अन्य संघीय सरकारी सेवाहरूको गठन गर्नसक्ने प्रावधान रहेको छ । संविधानमा नै राज्यका नीतिहरू अन्र्तगत सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागीतामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख छ ।

निजामती सेवा ऐन र नियमावली, कर्मचारी समायोजन ऐन, स्थानीय सरकार सञ्चालन ऐन, सुशासन ऐन लगायतका कानुनहरूले निजामती सेवा सञ्चालनको वैधानिक मार्गप्रशस्त गरेका छन् । नेपालको निजामती सेवा र यसको संगठनात्मक संरचना मूलतः यिनै संवैधानिक र कानुनी प्रावधानबाट निर्देशित रही आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया