NIMB Header 2
Nepal Life

क्रेष्ट माइक्रो लाइफको आइपिओमा आवेदन दिने १८ लाख ६४ हजारको हात खालि हुने, शेयर पाउनेले २० हजार कमाउने

Citizen Life
  • BFIS News
  • 2025 Mar 10 22:41
क्रेष्ट माइक्रो लाइफको आइपिओमा आवेदन दिने १८ लाख ६४ हजारको हात खालि हुने, शेयर पाउनेले २० हजार कमाउने
National Life

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा १८ लाख ६४ हजारले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरेको आइपिओमा आज अन्तिम दिनसम्ममा २ अर्ब ४४ करोडका लागि आवेदन परेको हो । 

NIMB

कम्पनीको आइपिओ जम्मा एक लाख ८४ हजार ५०० जनाले मात्रै प्राप्त गर्ने छन् । कुल आवेदक मध्ये १८ लाख ६४ हजारको हात खालि हुने भएको छ । 

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यसका साथै कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ।

कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने व्यवस्था थियो । ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया