Nepal Life

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा, १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Mar 11 10:31
सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा, १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव
National Life

कााठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया