Nepal Life

प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा ईजलाश संचालन गरिने, दाबी भुक्तानीका उजुरीको सुनुवाइ हुने

NMB Bank
  • BFIS News
  • 2025 Mar 13 06:50
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा ईजलाश संचालन गरिने, दाबी भुक्तानीका उजुरीको सुनुवाइ हुने
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश संचालन गर्ने भएको छ ।

Shikhar
NIMB

प्राधिकरण संचालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले मिति २०८२/०१/०१ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश संचालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी, प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची Cause List र निर्णयहरू प्राधिकरणको website मा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया