NIMB Header 2
Nepal Life

ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सात जनाको मृत्यु, तीसजना घाइते

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 09 06:54
ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सात जनाको मृत्यु, तीसजना घाइते
Everest Bank

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

Shikhar
NIMB

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएर दुर्घटना भएको थियो । 

बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसमा सवार ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्दसहित ७ जनाको जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुने बसका सहचालक र अन्य एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

डिएसपी डाँगीले बसमा ४१ जना सवार रहेको जानकारी प्राप्त भएको बताउँदै दुर्घटनाको खबर प्राप्त हुने बित्तिकै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट डिएसपी सुन्दर तिवारीको नेतृत्वको टोली घटनास्थलमा पुगेर उद्धार गरी घाइतेलाई कोहलपुर मेडिकल कलेज पुराएको जानकारी दिए । घाइतेकाे कोहलपुरमा उपचार भइरहेको छ । 

बसमा बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वारा बर्दियाको टोली सवार रहेको र उनीहरु दाङबाट बर्दियातर्फ जाँदै गरेका थिए छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया