NIMB Header 2
Nepal Life

एनएमबी बैंकको उपत्यका भित्रका सम्पुर्ण शाखाबाट डलर साट्न पाइने

Citizen Life
  • BFIS News
  • 2023 Sep 09 17:25
एनएमबी बैंकको उपत्यका भित्रका सम्पुर्ण शाखाबाट डलर साट्न पाइने
National Life

काठमाडौं । एनएमबी बैंकले उपत्यका भित्रका सम्पुर्ण शाखा कार्यालयबाट डलर साट्ने सकिने व्यवस्था मिलाएको छ । ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै बैंकले काठमाडौं उपत्यकाका सम्पूर्ण शाखाहरुमा राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको हो ।

NIMB

विदेश भ्रमणमा जाने ग्राहकहरुलाई पनि सहज रुपमा एनएमबी इन्टरनेशनल डलर कार्ड समेको सुविधा प्रदान गरेको छ । नेपालबाट वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि विदेशिने नेपालीको संख्या बढ्दो छ । हरेक दिन बैंकहरुमा डलर सटहीको सुविधा माग गर्दै आउने ग्राहकको चाप बढ्न थाले पछि बैंकले सम्पुर्ण शाखहरुबाट यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।

बैंकिङ विभागबाट कसरी विदेशी मुद्रा सटही गर्न सकिन्छ ?

नेपाली नागरिकलाई भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाँदा आवश्यक पर्ने कागजात तथा यस बैंकले तोकेको अन्य आवश्यक कागजातको आधारमा विदेशी मुद्राको नगद मौज्दातको अवस्था हेरी प्रतिपटक अधिकतम अमेरिकी डलर २५००।– वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा बैंकिङ विभागबाट सटही गर्न सकिन्छ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटक नबढ्ने गरी मात्र प्रदान हुनेछ ।

साथै, कुनै पनि नेपाली नागरिकसँग भएको विदेशी मुद्रा सटही गर्न आम्दानीको स्रोत खुलेको विवरण, राहदानीको छविचित्र र तोकिएको अन्य कागजातसहित यस बैंकको बैंकिङ विभागमा सम्पर्क गर्नुपर्नेछ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया