NIMB Header 2
Nepal Life

हरित उद्योग प्रवर्द्धनका लागि एनबिएको ऊर्जा दक्षता कार्यशाला सम्पन्न

National Life
  • BFIS News
  • 2025 Nov 25 15:21
हरित उद्योग प्रवर्द्धनका लागि एनबिएको ऊर्जा दक्षता कार्यशाला सम्पन्न
Sanima Reliance

काठमाडौँ। नेपाल बैंकर्स एसोसिएसन (NBA) ले जर्मन विकास सहयोग (GIZ) सँग सहकार्य गर्दै REEEP–GREEN परियोजना अन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास र कार्यान्वयनका लागि देशभर सञ्चालन गरिएको क्षमता अभिवृद्धि कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।

Shikhar
NIMB

उद्योगमा ऊर्जा खपत घटाउँदै प्रतिस्पर्धात्मकता बढाउन लक्षित यस पहलअन्तर्गत भैरहवा, बुटवल, पोखरा, विराटनगर, बिरगंज, चितवन र नेपालगञ्जका प्रमुख औद्योगिक करिडोरमा श्रृंखलाबद्ध कार्यशालाहरू आयोजित गरिएको NBA ले जनाएको छ। कार्यक्रममा सहभागी आठ बैंकका प्रांतीय प्रमुख, शाखा प्रबन्धकदेखि क्रेडिट अधिकृतसम्म गरी २०० भन्दा बढी वरिष्ठ बैंक अधिकारी लाई ऊर्जा दक्षता वित्तीयकरणसम्बन्धी प्राविधिक सीप र ज्ञान अभिवृद्धि गरिएको थियो।

कार्यशालामा सहभागी बैंककर्मीले ऊर्जा दक्षता परियोजनामा हुने लगानीले उद्योगका ऊर्जा लागत कसरी घटाउन सक्छ र हरित औद्योगिक विकासलाई कसरी प्रवर्द्धन गर्न सक्छ भन्ने विषयमा प्रयोगात्मक रूपमा सिक्ने अवसर पाए। यसले नेपालमा ऊर्जा दक्षता–मुखी लगानीलाई बैंकिङ प्रणालीमा कसरि समाहित गर्न सकिन्छ भन्नेबारे ठोस समझदारी बनाएको NBA ले बताएको छ।

कार्यक्रमको समापन चरण काठमाडौँमा सम्पन्न भएको थियो, जहाँ विभिन्न प्रादेशिक कार्यशालाबाट संकलित अनुभव, सुझाव र प्रतिक्रियाहरू प्रस्तुत गरिएका थिए। यी अभिमतहरूले ऊर्जा दक्षता ऋण उत्पादनको डिजाइन र कार्यान्वयनमा महत्वपूर्ण आधार प्रदान गर्ने NBA को भनाइ छ। साथै, समापन कार्यक्रममा उद्योगका वरिष्ठ व्यक्तित्व तथा बैंक अधिकारीहरूले अवसरहरू, कार्यान्वयन क्षमताहरु र नेपाललाई ऊर्जा दक्षतामैत्री अर्थतन्त्रतर्फ अघि बढाउन वित्तीय क्षेत्रको भूमिकामाथि विस्तृत छलफल गरेका थिए।

NBA ले आगामी दिनमा पनि बैंकिङ क्षेत्रमा दिगो तथा हरित वित्तीय अभ्यासलाई सुदृढ पार्न निरन्तर अग्रसर रहन प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नेपालमा दिगो वित्तीयकरणलाई मुख्यधारमा ल्याउन विभिन्न सरोकारवालासँग घनिष्ठ सहकार्य गर्न आफू तयार रहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया