NIMB Header 2
Nepal Life

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते

National Life
  • BFIS News
  • 2023 Sep 13 15:25
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते
Sanima Reliance

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्। सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा  सडकमै पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

Shikhar
NIMB

बसमा ७० यात्रु रहेको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए।

 दुर्घटनामा रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ घाइते भएकी छन्। त्यस्तै सुनपाती गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते भएकी छन्।

दुर्घटनामा गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालख विस्वास बिसंखे घाइते भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया