Nepal Life

पुरानो विरासतलाई फर्काउदै एभरेष्ट बैंक, हरेक सूचकमा अब्बल, खराव कर्जा व्यवस्थापन र प्रतिशेयर आम्दानीमा सबैभन्दा अगाडी

RBB
  • अरुण सापकोटा
  • 2025 May Wed 05:39
पुरानो विरासतलाई फर्काउदै एभरेष्ट बैंक, हरेक सूचकमा अब्बल, खराव कर्जा व्यवस्थापन र प्रतिशेयर आम्दानीमा सबैभन्दा अगाडी
Shikhar detail

काठमाडौं। नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि योजना पछि एभरेष्ट बैंकले गुमाएको आफ्नो पुरानो विरासतलाई फर्काइरहेको छ। प्रुडेन्ड बैंकिङमा सर्वाधिक अगाडी एभरेष्ट बैंकले पूँजी बृद्धि पश्चात आफुलाई आक्रामक रुपमा विस्तार गर्न चाहेन। पूँजी बृद्धि पश्चात एभरेष्ट भन्दा निकै पछाडीका बैंकले उछिनेर अगाडी बढे। अहिले तीनै बैंक नराम्रो सँग थला परेका छन्। 

NIMB

राष्ट्र बैंकको पुँजी बढाउने नीतिपछि कतिपय बैंकहरुले बोनस, हकप्रद र मर्जर तथा एक्विजिशनमा आक्रामक भए । र, रातारात गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा व्यवसाय बिस्तार गरे । एनआइसी एशिया, ग्लोबल आइएमई, कुमारी बैंक, प्रभु बैंक लगायत यहि शैलीमा व्यवसाय बिस्तार गरेर बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भए। पूरानै शैलीमा अघि बढेका स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, सिद्धार्थ, सानिमा लगायत केहि बैंकले बढेको पुँजीलाई सम्बोधन गर्ने गरी व्यवसाय विस्तार गर्न चाहेनन्।

विगत ७/८ वर्षको दौरानमा जसले आफुलाई आक्रामक शैलीमा अगाडी बढाएका थिए उनिहरु झन् दलदलमा भासिदै गर्दा एभरेष्ट बैंकले थप फक्रिने मौका पाएको छ। बैंकिङ क्षेत्र इतिहासकै चुनौनीपुर्ण अवस्थामा गुज्रिरहदा एभरेष्टले हिजोका दिनमा आफुले लिएका रणनीतिलाई प्रमाणित गरेको छ।

पूँजी बृद्धि योजना पछि बैंकहरु आक्रामक रुपमा अगाडी बढ्दै गर्दा एभरेष्टले आफुलाई पनि सोहि गतिमा अगाडी बढाउने उद्देश्य सहित पहिलो पटक नेपाली सिइओका रुपमा सुदेश खालिङलाई नियुक्त गरेको थियो। तर खालिङ बैंकलाई आक्रामक रुपमा प्रस्तुत गर्ने भन्दा पनि गुणात्मक रुपमा सुधार गर्न सफल भएका छन्। उनको नेतृत्वमा बैंकले हरेक सूचकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाशिक अवधिमा बैंकले खराव कर्जा, प्रतिशेयर आम्दानी, वितरण योग्य मुनाफा, रिटेन अर्निङ लगायतका धेरै वटा सूचकमा अग्रगामी छलाङ मारेको छ। अधिकाम्स बैंकहरुले लाभांश वितरण गर्न नसक्दा एभरेष्ट बैंकले तुलनात्मक रुपमा आकर्षक लाभांश वितरण गर्दै आएको छ।

बैंकको चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै भइसकेको छ। चुक्ता पूँजी १२ अर्ब ९४ करोड हुँदा जगेडा कोषमा १३ अर्ब ६२ करोड रुपैयाँ जम्मा भइसकेको छ। सबैभन्दा कम चुक्ता पूँजी हुने बाणिज्य बैंकहरुमा तेस्रो नम्बरमा पर्छ। एभरेष्ट एउटा यस्तो बैंक हो जसले अहिलेसम्म एउटा पनि मर्जर गरेको छैन। बैंकको सफलताको एउटा कारण मर्जर गर्न नसक्नु पनि एक हो। मर्जर पछि सिनर्जी प्रभाव आउने भनेर कुनै समय खुबै चर्चा थियो। तर बैंकहरु यस्तो अवस्थामा मर्जरमा गए जतिवेला मुलुककै अर्थतन्त्र एकदमै खराव अवस्थाम थियो। जसले मर्जरलाई फेवर गर्न सकेन। जवकी मर्जर खराव अवस्थाबाट उम्किने सबैभन्दा राम्रो दोषारोपणको माध्यम बनेको छ। एभरेष्टलाई यस्तो सुविधा छैन। बैंकले आफुलाई पुरानै लयमा फर्काउने र शेयर बजारमा पनि बलियो कम्पनी बन्ने मौका बनाइरहेको छ।

दोस्रो बजारमा

हाल बैंकको शेयर मूल्य ६१४ रुपैयाँ छ। विगत एक वर्षको अवधिमा बैंकको शेयर मूल्य ७९० रुपैयाँसम्म पुगेको थियो। आजका दिनमा सर्वाधिक शेयर मूल्य एभरेष्टकै छ। यद्यपी बैंककका हरेक सूचकलाई हेर्ने हो भने भ्यालु एकदमै कम छ।  दोस्रो बजारमा बैंकको शेयर सप्लाइ पनि एकदमै कम छ। कम्पनीको संस्थापक शेयरधनीको हिस्सा ५९.२३ प्रतिशत छ भने सर्वसाधारण शेयरधनी समुह तर्फ ४०.७७ प्रतिशत छ। यो पनि आजका दिनमा शेयरधनीका लागि राम्रो स्ट्रेन्थ हो। बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ छ। यहि पूँजीका पुनर्बीमा कम्पनीको शेयर मूल्य एक हजार भन्दा माथि छ। जवकी उनिहरुको प्रतिशेयर आम्दानी ५/७ रुपैयाँ छ भने लाभांश दिने क्षमता पनि ४/५ प्रतिशत छ।

बाणिज्य बैंकहरुमा एभरेष्ट बैंक अवस्था

चुक्ता पूँजी

अहिले कतिपय बैंकका लागि चुक्ता पूँजीले सपोर्ट गरिरहेको छैन। ओभर क्यापिटलाइज हुँदा लाभांश दिन सक्ने क्षमतामा ह्रास आइरहेको छ। एभरेष्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड छ। जवकी सबैभन्दा धेरै चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंकको ३८ अर्ब १२ करोड रुपैयाँ छ। सबैभन्दा कम पूँजी स्ट्यार्डर्ड बैंकको १० अर्ब ४ करोड रहेको छ।

जगेडा कोष

एभरेष्ट बैंक पूँजीको तुलनामा जगेडा कोष बलियो हुने बैंकहरु मध्ये सबैभन्दा अगाडी छ। पहिलो नम्बरमा राष्ट्रिय बाणिज्य बैंक छ। जसको जगेडा कोष पूँजी भन्दा २.३२ गुणा बढि छ। एभरेष्ट बैंकको १.३५ गुणा बढि छ। आजका दिनमा एभरेष्टको जगेडा कोषमा १७ अर्ब ७३ करोड रुपैयाँको जगेडा कोष बनिसकेको छ।

निक्षेप संकलन

सर्वसाधारणको निक्षेप संकलनको सूचीमा एभरेष्ट बैंक निकै पछाडी देखिन्छ। जवकी बैंकले जति संकलन गर्नु पर्ने हो त्यो गरिरहेको छ। बैंकको निक्षेप संकलन २ खर्ब ६६ अर्ब रुपैयाँ छ। सर्वाधिक धेरै संकलन गर्ने बैंकको ५ खर्ब १८ अर्ब छ। जवकी जसको धेरै छ ति सबैले मर्जरकै कारण धेरै देखाउन सकेका हुन्।

कर्जा लगानी

बैंकको कर्जा लगानी २ खर्ब १६ अर्ब रुपैयाँ छ। सबैभन्दा धेरै ग्लोबलको ४ खर्ब १३ अर्ब हुँदा सबैभन्दा कम स्ट्यार्डर्ड चार्टर्डको ७७ अर्ब २६ करोड छ। यहाँबाट पनि बैंकको पोलिसी कस्तो छ भन्नेक कुरालाई संकेत गर्दछ। बैंक आक्रामक पनि छैन र पछाडी पनि छैन।

मुनाफा

बैंकले तेस्रो त्रैमाशिक अवधिमा आइपुग्दा तीन अर्ब ४५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा सर्वाधिक धेरै हुने मध्ये चौथो स्थानमा पर्छ। निक्षेप तथा कर्जा लगानीमा ११/१२ नम्बरमा रहेको बैंकको मुनाफा तेस्रो स्थानमा हुनु नै बैंकको सबैभन्दा सुन्दर पक्ष हो।

प्रतिशेयर आम्दानी

मुनाफा राम्रो त्यसमा पनि अन्य बैंकको तुलनामा कम पूँजी रहेकाले बैंकको प्रतिशेयर आम्दानी पनि सबैभन्दा राम्रो छ। बैंकको प्रतिशेयर आम्दानी ३५.६१ रुपैयाँ छ। सबैभन्दा धेरै पूँजी हुनेको प्रतिशेयर आम्दानी १५.८६ रुपैयाँ छ। कुनै समय सबैलाई उछिनेर अगाडी बढ्ने रणनीतिमा रहेको एनआइसी एशिया बैंकको प्रतिशेयर आम्दानी १.४ रुपैयाँछ। आजका दिनमा एभरेष्ट बैंकको यो भन्दा ठुलो सफलता अरु के होला ?   

खराव कर्जा

आजका दिनमा एभरेष्ट बैंकको अर्को सुन्दर पक्ष भनेको खराव कर्जा सबैभन्दा कम। बैंकको खराव कर्जामा गरेको व्यवस्थापन बैंकिङ इन्ड्रष्ट्रिमा सबैभन्दा उदाहरणी छ। बैंकले हिजोका दिनमा कति राम्रो प्रुडेन्स बैंक गरेको थियो, ऋणी कसरी चयन गरेको थियो र कर्जा प्रकृयामा कति राम्रो काम गरेको थियो भन्ने कुरा यहि सूचबाट प्रतिविम्बित हुन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया