NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

IME LIFE
  • BFIS News
  • 2025 May 11 19:17
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
United Ajod

काठमाडौं, बैशाख २८ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/८१ को २८औं वार्षिक साधारण सभा आज आइतबार काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैकेटमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोहर दास मुलले गरेका थिए। 

Nepal Life
NIMB

सभामा अध्यक्ष मुलले कम्पनीको बीमा कारोबार तथा अन्य गतिविधिहरुका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै कम्पनीले आ.ब. २०८०/८१ मा ४ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको जानकारी दिए। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो। साथै, कम्पनीले सोही अवधिमा अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बीमा दाबी भुक्तानीतर्फ हेर्दा, अघिल्लो वर्षको २ अर्ब ३८ करोड रुपैयाँको तुलनामा यो वर्ष २ अर्ब ८३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको बताइएको छ। आगामी वर्षहरुमा पनि ग्राहकहरुलाई उच्च सेवा र प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको अध्यक्ष मुलले स्पष्ट पारे।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै आ.ब. २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गरेको छ। साथै, सञ्चालक समितिको सिफारिसअनुसार शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि पारित भएको छ।

त्यसैगरी, सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पनि सभाले पारित गरेको छ। सभामा १७ जना शेयरधनीहरुले आ–आफ्ना धारणा राख्दै कम्पनीप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले निरन्तर वित्तीय वृद्धि गर्दै आफ्नो सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित रहेर काम गरिरहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया