NIMB Header 2
Nepal Life

बीमा प्राधिकरणको अनुसन्धान महाशाखा: नीतिनिर्माणका लागि थिंक ट्यांक, पुजन ढुङ्गेलको विचार

Citizen Life
  • पुजन ढुङ्गेल अधिकारी
  • 2025 May 15 22:51
बीमा प्राधिकरणको अनुसन्धान महाशाखा: नीतिनिर्माणका लागि थिंक ट्यांक, पुजन ढुङ्गेलको विचार
National Life

काठमाडौं। अनुसन्धान महाशाखा अन्तर्गत बीमा प्राधिकरणका सम्पूर्ण अनुसन्धान कार्यका साथै समग्र बीमा व्यवसायको जोखिम र सूचना प्रविधि पनि पर्दछ। अनुसन्धान भनेको समग्र बीमा क्षेत्रकै लागि महत्वपूर्ण छ। जबसम्म नयाँ नयाँ अनुसन्धान गर्दैनौँ, तथ्याङ्कमा काम गर्दैनौँ, तबसम्म यो क्षेत्रको बारेमा के कस्तो छ भनेर थाहा पाउन सक्दैनौँ।

NIMB

बीमा क्षेत्रमा नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउन पनि अनुसन्धान आवश्यक छ। अहिले भएका प्रोडक्टले कस्तो काम गरिरहेका छन् र आगामी दिनमा कस्ता प्रोडक्टहरूको आवश्यकता छ, त्यसका लागि अनुसन्धान नै आवश्यक पर्ने हो। बीमितहरूको यो क्षेत्रप्रति कस्तो दृष्टिकोण छ लगायतका कुरामा तथ्याङ्क सङ्कलनदेखि इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आइआरएमआइएस) नामक सफ्टवेयर छ। त्यो सफ्टवेयरमार्फत बीमा कम्पनीहरूले तथ्याङ्कहरू पठाउने गर्नुभयो। त्यसलाई हाम्रो तथ्याङ्क शाखाले सङ्कलन र विश्लेषण गर्ने कार्य गर्दछ। त्यसकै आधारमा हामीले अनुसन्धान गर्छौं।

यसका साथै बजारमा बीमा कम्पनी र व्यवसायप्रति आम धारणा कस्तो छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने योजना बनाएका छौँ। अर्को पाटो जोखिमको छ। प्राधिकरणले रिस्क बेस क्यापिटल गाइडलाइन जारी गरेको छ। यो नयाँ विषय हो, जुन छिमेकी देश भारतमा पनि छैन। यसलाई विश्व बैंकको सहयोगमा लागू गरेका छौँ।

बीमामा चेतना कति छ, कतिले बुझेका छन्, बुझेर बीमा गरेका छन् कि छैनन्? आफैँले किनेको पोलिसीबाट सन्तुष्ट छन् कि छैनन्? दाबी भुक्तानी समयमा पाएका छन् कि छैनन्? यस्ता विषयमा अनुसन्धान गर्न आवश्यक छ। अर्को सूचना प्रविधि पनि महत्वपूर्ण मानिन्छ बीमा क्षेत्रकै लागि।

अनुसन्धान महाशाखाबाटै यसपालीदेखि समग्र बीमा क्षेत्रमा महिला र पुरुषको संलग्नताको विषयमा अनुसन्धान गरिरहेका छौँ। त्यसका लागि तथ्याङ्क सङ्कलन गरिरहेका छौँ। यसको प्रारम्भिक तथ्याङ्क हेर्दा जीवन बीमामा हेर्दा बीमित र बीमकमा महिलाको सङ्ख्या धेरै देखिएको छ। यस्तै निर्जीवन बीमामा भने कम छ। यस्तै व्यवसायमा रोजगारीका हिसाबले हेर्दा इन्ट्री लेभलमा महिलाको सङ्ख्या धेरै छ भने जब जब माथिल्लो तहहरूमा महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ।

(पुजन ढुङ्गेल अधिकारी नेपाल बीमा प्राधिकरणकी निर्देशक हुन्। उनि अनुसन्धान महाशाखामा कार्यरत छिन्।)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया