NIMB Header 2
Nepal Life

दर कस्तो खाने?, कसरी खाने ?

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 17 21:51
दर कस्तो खाने?, कसरी खाने ?
Everest Bank

काठमाडौं । आज नेपाली हिन्दु नारीहरुको विशेष चाड तीजको दर खाने दिन। तीजको दिन व्रत बस्नु अघिल्लो राति दर खाने परम्परा रहेको छ।

Shikhar
NIMB

तीजको अवसरमा माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरमा दही, घिउ, खिर, दूधजन्य परिकार, विभिन्न थरीका तरकारी तथा फलफूल खाने गरिन्छ। तीजको व्रत बस्नको लागि पर्याप्त मात्रामा शरीरमा पोषण र शक्ति रहोस् भनेर नै तीजको अघिल्लो दिन दर खाने गरिन्छ।

तीजको अघिल्लो दिन दर खाँदा विशेष ध्यान दिनुपर्ने पोषण विदहरु बताउँछन्। दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्ने उनिहरुको भनाइ छ। ‘तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन छ,’ उनिहरु भन्छन्, ‘व्रतको दिन शरीरलाई शक्ति पुगोस्, ऊर्जा पुगोस् भनेर दर खाने हो।’

दरमा कार्बोहाइड्रेड, फाइवरयुक्त खानेकुराहरु खानु राम्रो मानिन्छ । पछिल्लो समय महिलाहरुमा मधुमेह, उच्च रक्तचाप, थाइरोइड लगायतका समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभावी रुपमा अत्यधिक खानेकुरा खान नहुने विज्ञहरु बताउछन् । ‘दर खाना पहिला आफ्नो स्वास्थ्यको अवस्थाबारे सचेत हुनुपर्छ,’ उनिहरुले भने, ‘एक दिन व्रत लिँदा शरीरलाई असर त गर्दैन तर अघिल्लो दिन खाने दर जथाभावी रुपमा खाँदा चाहिँ असर पर्न सक्छ।’

तीजको दिन व्रत बस्ने भएकाले अघिल्लो दिन दर खाँदा मदिरा सेवन गर्नै नहुने डाक्टरहरुको भनाइ छ। मदिराले शरीरमा डिहाइड्रेसन गराउने र व्रतको दिन पानी समेत नखाँदा झनै असर गर्छ । पानी पनि नखाई व्रत बस्ने धेरैको चलन रहेको छ, तर पानी पनि नखाई व्रत बस्नु उपयुक्त होइन।’

दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ। दरमा धेरै थरीका परिकार समावेश हुन्छन्। दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ। सकेसम्म घरमै परिकारहरु तयार बनाएर खाँदा राम्रो हुन्छ।

भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पिरो र गालेका खानेकुराहरु खानु हुँदैन। घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाई तथा अन्य परिकार खरिद गरी ल्याउने चलन बढेको छ। बजारमा सजाइएका मिठाइहरु हेर्दा आकर्षक र खाउँखाउँ लाख्ने भए पनि त्यस्ता मिठाईलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रङ तथा प्रिजभेटिभहरु प्रयोग गरिएको हुन्छ। त्यस कारण मिठाइ खरिद गर्दा विश्वासिलो पसलबाट खरिद गर्दा राम्रो हुन्छ।

कम गुणस्तरका खाद्य र रङ प्रयोग गरेका मिठाइले शरीरमा असर गर्न सक्छ। यस्ता रङले कसैलाई पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङ आदि गराउन सक्ने चिकित्सकहरुको भनाइ छ। खाद्य पदार्थलाई बिग्रनबाट जोगाउने पदार्थ अर्थात् प्रिजभेटिभको एलर्जी धेरैलाई हुन्छ जसले गर्दा मुख तथा जिब्रोमा घाउ, खटिरा आउन सक्छ। त्यस्तै दरमा विभिन्न किसिमका अचार पनि राखिन्छ। यस्ता अचारले खानामा रुचि बढाउने भए पनि धेरै चिल्लो र मसलेदार भए अपच हुने, एसिडिटी बढ्ने समस्या पनि देखिन सक्ने भन्दै चिकित्सकले खाने कुरामा विशेष ध्यान दिन महिलाहरुलाई सुझाव दिएका छन्।

दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ। भोलिपल्ट ब्रत बस्नुपर्ने भएकाले दरमा घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ। दरमा चिल्लो कम र पिरो कम खानुपर्छ । ‘चिल्लो कुरा धेरै खायो भने भोक कम लाग्छ, तर त्यसलाई पचाउन, पानीको आवश्यकता पर्छ, त्यसैले दरमा धेरै चिल्लो पनि नखाँदा हुन्छ । व्रत बस्दा पानी खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया