माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
- BFIS News
- 2023 Sep 19 10:02
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये कम्पनीले रीतपूर्वक आवेदन दिएका लगानीकर्ताहरुलाई माग गरे बमोजिम हुनेगरी धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ तथा विवरण पत्रको दफा ग.१०.ङ (क) ९ को अधिनमा रहि कुल ९ लाख ९० हजार ८०० कित्ता साधारण शेयर बाँडफाँट गरेको हो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। शेयर बाँडफाँटसम्बन्धि विवरण सानिमा क्यापिटलको वेबसाइट र कम्पनीको वेबसाइट बाट हेर्न सकिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया