NIMB Header 2
Nepal Life

साना तथा मझौला उद्यमी र लगानीकर्ता मैत्री मौद्रिक नीति : अम्बिकाप्रसाद पौडेल

National Life
  • BFIS News
  • 2025 Jul 11 13:47
साना तथा मझौला उद्यमी र लगानीकर्ता मैत्री मौद्रिक नीति : अम्बिकाप्रसाद पौडेल
Sanima Reliance

काठमाडौं, असार २७ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले मुलुकको आर्थिक पुनरुत्थानमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। उक्त नीतिका सन्दर्भमा टिप्पणी गर्दै पूँजी बजार विज्ञ अम्बिकाप्रसाद पौडेलले यसपटकको मौद्रिक नीति सबैभन्दा कठिन अवस्थामा रहेका साना तथा मझौला उद्यमी (SMEs) र ऋणीहरुको समस्यालाई सम्बोधन गर्ने प्रयास भएको बताएका छन्।

Shikhar
NIMB

उनले भने, “वास्तविक समस्यामा रहेका वर्गलाई प्राथमिकता दिइएको छ। अहिलेको अवस्था हेर्दा सबैभन्दा ठूलो दबाबमा रहेका साना तथा मझौला उद्यमी, घरेलु व्यवसायी र मध्यम वर्गीय ऋणीहरुलाई राहत दिने खालको नीति आएको छ, जुन स्वागतयोग्य छ।”

पौडेलले यो नीति आम लगानीकर्ताका लागि पनि सकारात्मक रहेको उल्लेख गरे। “घरजग्गा र शेयर बजारमैत्री नीति ल्याइएको छ। जसले गर्दा लगानीकर्ताको मनोबल बढ्नेछ र यसले समग्र अर्थतन्त्रमा चलायमानता ल्याउनेछ,” उनले बताए।

'बढ्ने छ मनोबल, चल्ने छ अर्थतन्त्र' भन्ने नारालाई उल्लेख गर्दै उनले यस्तो नीति समयसापेक्ष भएको प्रतिक्रिया दिए। हालको मन्दीपूर्ण अवस्थाबाट बाहिरिन नीति निर्माताले लिएको यस्तो रणनीतिले अर्थतन्त्रलाई पुनः गतिशील बनाउने विश्वास व्यक्त गरे।

उनले भने, “शेयर बजार, रियल इस्टेट तथा लघु उद्यमजस्ता क्षेत्रहरू लामो समयदेखि थलिएको अवस्थामा छन्। यस्तोमा राहत र उत्साह दिने खालको नीति नआएको भए थप चुनौती उत्पन्न हुने थियो।”

पौडेलले यस्ता नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै नीति मात्र पर्याप्त नभई त्यसको सफल कार्यान्वयन र निगरानीसमेत समान महत्त्वको रहेको स्पष्ट पारे।

राष्ट्र बैंकको मौद्रिक नीतिले ऋण लिने वर्ग, साना व्यवसायी तथा लगानीकर्तालाई सम्बोधन गरेर विश्वास जगाउने प्रयास गरेको छ। अर्थतन्त्र पुनरुत्थानको मार्गमा यो नीति एक सकारात्मक कदमका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया