NIMB Header 2
Nepal Life

मौद्रिक नीति ट्याक्टफुल र स्वागतयोग्य, पूँजी बजारलाई मद्दत पुर्याउने इन्भेष्टर फोरमका अध्यक्ष ढकालको विश्लेषण

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 11 18:53
मौद्रिक नीति ट्याक्टफुल र स्वागतयोग्य, पूँजी बजारलाई मद्दत पुर्याउने इन्भेष्टर फोरमका अध्यक्ष ढकालको विश्लेषण
National Life

काठमाडौं, २७ असार। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले आजै सार्वजनिक भएको मौद्रिक नीतिलाई अर्थतन्त्र चलायमान बनाउन सक्षम, सकारात्मक र रणनीतिक (ट्याक्टफुल) भएको बताएका छन्।

NIMB

ढकालले बिएफआइएस न्युज सँग बोल्दै राष्ट्र बैंकका गभर्नरलाई ‘डाइनामिक र अर्थविद’ भन्दै प्रशंसा गरे। “उहाँ राष्ट्रिय योजना आयोगमा समेत काम गरिसक्नु भएको अनुभवी व्यक्ति हुनुहुन्छ। उहाँले समग्र अर्थतन्त्र कसरी चलाउने भन्ने कुरा बुझेर निकै राम्रो तरिकाले यो मौद्रिक नीति ल्याउनु भएको छ,” ढकालले बताए।

गभर्नरले ल्याएको मौद्रिक नीतिमा घरजग्गा क्षेत्रमा दिइएको छूटलाई उदाहरण दिँदै ढकालले भने, “घरजग्गामा ५० प्रतिशत छुट दिनु भएको छ, २ करोडको सिमा तीन करोड पुर्याइयो, ६० प्रतिशत कर्जा पाइन्थ्यो भने अब ८० प्रतिशतसम्म पाइने भएको छ। यो निकै उत्साहजनक कुरा हो।”

उनले साना तथा मझौला उद्योग (SME) र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै प्रशंसा गरे। “साना उद्यमी तथा कृषकलाई पूँजीको अभाव नहोस् भन्ने हिसाबले मौद्रिक नीतिले धेरै सहजता ल्याएको छ,” उनले भने।

ढकालका अनुसार बैंकहरूको ब्याजदरको कोरिडोर नियन्त्रण गर्न खोजिएको र यसले ब्याजदर अझ घट्ने अपेक्षा गर्न सकिने बताए। “१० प्रतिशत ब्याज तिरेपछि कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था सकारात्मक हो,” उनले थपे।

उनले नेपालमा एक वर्ष कर्जा नतिरेपछि डिफल्ट मान्ने व्यवस्था कडा भएको उल्लेख गर्दै भारतमा तीन वर्षको समय दिइने उदाहरण दिए। गभर्नरले यस्तो प्रणाली नेपालमा पनि ल्याउन खोजेको देखिएको ढकालको भनाइ छ।

बैंक तथा वित्तीय संस्थालाई हकप्रद शेयरमार्फत पूँजी बढाउने अवसर दिन खोजेको उल्लेख गर्दै उनले पूँजी बजार र सम्पूर्ण अर्थतन्त्रलाई यसले सघाउने बताए।

ढकालले लगानीकर्ताका लागि १५ करोडको कर्जाको सीमा हटाएर २५ करोड पुर्‍याइएकोमा सन्तोष व्यक्त गरे। “२५ करोड सानो रकम होइन, अझ बढी चाहिने हो भने कम्पनी खोलेर लिन सकिने व्यवस्था छ,” उनले भने। यद्यपि, पूँजी बजारका लगानीकर्ताको माग अनुसार क्याप पूरै हट्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

लघुवित्तमा १५ प्रतिशत लाभांशको क्याप पुनरावलोकन गर्न लागिएको कुरालाई पनि सकारात्मक परिवर्तनको रूपमा लिएको उनले जनाए।

अन्त्यमा ढकालले भने, “मौद्रिक नीतिले साना–ठूला सबैखाले लगानीकर्तालाई प्रोत्साहित गरेको छ। यो नीति न केवल पूँजी बजारको लागि, तर समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउने खालको छ।”

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया