Nepal Life

शेयर बजारमा Gen Z पुस्ताको आकर्षण बढ्नुका पाँच मुख्य कारण

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 14:51
शेयर बजारमा Gen Z पुस्ताको आकर्षण बढ्नुका पाँच मुख्य कारण
National Life

काठमाडौं।  नेपालमा मात्रै होइन, विश्वभर नै शेयर बजारप्रति युवापुस्ताको आकर्षण तीव्र रूपमा बढ्दो छ। विशेषगरी Gen Z पुस्ता —सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका युवा— हालको बजारमा सबैभन्दा सक्रिय समूहको रूपमा देखा परेका छन्।

Shikhar
NIMB

प्रविधिमा सहज पहुँच, आर्थिक आत्मनिर्भरताको चाहना, र अनलाइन माध्यमको उपयोग मुख्य कारणहरू हुन् जसले गर्दा यो पुस्ता शेयर बजारतर्फ आकर्षित भइरहेको विश्लेषकहरू बताउँछन्।

नेपालमा हाल करिब ४६ लाख डिम्याट खाता छन्, जसमध्ये अनुमानित १०–१५ प्रतिशत, अर्थात् ६ देखि ७ लाख लगानीकर्ता, Gen Z समूहका हुनसक्ने जानकारहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार, विश्वव्यापी रूपमा ७७ प्रतिशत Gen Z युवाहरू कुनै न कुनै रूपमा शेयर बजारप्रति आकर्षित छन्। जोखिम मोल्न सक्ने क्षमताका कारण यो पुस्ताले कहिलेकाहीं अत्यधिक उतारचढाव भएका शेयरहरूमा समेत निर्भीकतापूर्वक लगानी गर्ने देखिन्छ, जसले तिव्र नाफाको सम्भावना त बढाउँछ तर घाटाको जोखिम पनि साथमा ल्याउँछ।

विश्लेषकहरूका अनुसार Gen Z पुस्तालाई शेयर बजारतर्फ आकर्षित गराउने पाँच मुख्य कारणहरू यस्ता छन्ः


१. पूँजी अनुसारको लचिलो लगानी

अन्य उद्यम सुरु गर्न ठूलो पूँजी आवश्यक पर्छ भने शेयर बजारमा भने सानो रकमबाटै सुरुवात गर्न सकिन्छ। विद्यार्थी, जागिरे वा स्वरोजगारमा रहेका युवाहरूले पनि आफ्नै आर्थिक हैसियत अनुसार लगानी गर्न सक्ने भएकाले यो क्षेत्र उनीहरूको लागि सहज र सुलभ देखिन्छ।

२. आर्थिक स्वतन्त्रताको चाहना

Gen Z पुस्ता प्रारम्भिक उमेरदेखि नै आर्थिक स्वतन्त्रता हासिल गर्न चाहन्छ। उनीहरूले शेयर बजारलाई आफ्ना आम्दानीका स्रोतहरू विस्तार गर्ने, भविष्यका लागि बचत गर्ने, र आत्मनिर्भर बन्ने माध्यमको रूपमा देखेका छन्।

३. अनलाइन माध्यमबाट सजिलो पहुँच

शेयर बजारमा सहभागी हुन पहिले जस्तो लाइनमा बस्नुपर्ने, फारम भर्नुपर्ने जस्ता झन्झट छैन। MeroShare, TMS, मोबाइल एप्स लगायतका डिजिटल प्लेटफर्महरूको प्रयोगमार्फत अनलाइनबाटै कारोबार गर्न सकिने भएकाले यो पुस्ताका लागि बजार प्रवेश सजिलो भएको हो।

४. सूचनाको सहज उपलब्धता

Gen Z पुस्ता डिजिटल रूपमा सक्षम छ। उनीहरू सामाजिक सञ्जाल, युट्युब, फेसबुक ग्रुप, टिकटक लगायत माध्यमबाट शेयर बजारसम्बन्धी जानकारी सजिलै पाउँछन्। विश्लेषण, खबर, कम्पनीको विवरण, मूल्य चाल आदिबारे चाँडै बुझ्न सक्ने क्षमताका कारण उनीहरू आत्मविश्वासपूर्वक लगानी गर्न सक्छन्।

५. सामाजिक प्रभाव

साथीभाइ र सामाजिक सञ्जालमा शेयर कारोबार गर्ने ट्रेन्ड र नाफा कमाउने कथाले उनीहरूमा शेयर बजारप्रति चासो जगाएको छ। कतिपय अवस्थामा यो पुस्ताले ‘फ्लक बिहेभियर’ अर्थात् हल्लाको पछि लागेर पनि लगानी गर्ने प्रवृत्ति देखिएको छ।


यसरी Gen Z पुस्ता सामान्य लगानीकर्ता मात्र नभई भविष्यमा शेयर बजारलाई दिशा दिने नेतृत्वकर्ताका रूपमा देखा पर्न सक्ने सम्भावनालाई विश्लेषकहरूले औंल्याएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया