Nepal Life

बीमा भनेको के हो? सम्पूर्ण जानकारीसहित बुझौं जीवन बीमा किन आवश्यक छ

Muktinath Bank
  • हरिबहादुर थापा
  • 2025 Jul Tue 15:38
बीमा भनेको के हो? सम्पूर्ण जानकारीसहित बुझौं जीवन बीमा किन आवश्यक छ
RBB

काठमाडौं। बीमा भन्नाले भविष्यमा हुन सक्ने अनिश्चित जोखिमको आर्थिक सुरक्षा प्रदान गर्ने व्यवस्था हो। जीवनमा कहिले के हुन्छ भन्ने कुरा निश्चित छैन। दुर्घटना, रोग, आगलागी, मृत्यु आदि यस्ता घटनाहरूले व्यक्ति र परिवारलाई ठूलो आर्थिक समस्यामा पार्न सक्छ। यस्ता जोखिमको वित्तीय सुरक्षा लिनका लागि बीमा अत्यावश्यक हुन्छ। बीमा गर्दा बीमित (व्यक्ति वा सम्पत्ति) ले बीमा कम्पनीलाई नियमित रूपमा प्रिमियम तिर्छन् र त्यसको बदलामा कुनै क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ।

NIMB

बीमालाई मुख्य रूपमा दुई भागमा वर्गीकृत गर्न सकिन्छ:

१. जीवन बीमा (Life Insurance): व्यक्तिको जीवनसँग सम्बन्धित जोखिमबाट बच्नका लागि गरिने बीमा हो।

२. सामान वा स्वास्थ्य बीमा (Non-life Insurance): गाडी, घर, स्वास्थ्य, व्यवसाय आदि भौतिक सम्पत्तिको बीमा हो।

जीवन बीमा के हो?

जीवन बीमा भन्नाले मानिसको जीवनसँग सम्बन्धित जोखिमहरू मृत्यु, अपांगता, वा दीर्घकालीन रोग आदिबाट आर्थिक सुरक्षा प्रदान गर्ने योजना हो। बीमित व्यक्तिको मृत्यु भएमा नामांकन गरिएका व्यक्तिलाई बीमा रकम दिइन्छ भने, जीवनको अवधि सकिएपछि (म्याच्युरिटीमा) आफैँले लाभांशसहित बीमा रकम प्राप्त गर्छन्।

जीवन बीमा किन आवश्यक छ?

१. पारिवारिक सुरक्षा: कमाउने व्यक्तिको मृत्यु भएमा परिवारलाई आर्थिक संकटबाट जोगाउन सहयोग पुर्‍याउँछ।

२. दीर्घकालीन बचत र लगानी: जीवन बीमाले नियमित बचत गर्ने बानी बसाल्छ र परिपक्वतिमा ठूलो रकम हात पार्न सकिन्छ।

३. बालबालिकाको भविष्य: शिक्षा र जीवनका अन्य आवश्यकताका लागि सुनिश्चित रकम प्राप्त हुन्छ।

४. वृद्धावस्थाको सुरक्षा: सेवानिवृत्तिपछि स्थायी आम्दानी वा रकमको रूपमा सहायता प्रदान गर्छ।

५. ऋणको सुरक्षा: मृत्यु भएमा बैंक वा अन्य संस्थाबाट लिएको ऋण सजिलै तिर्न सकिने व्यवस्था मिल्छ।

६. कर छुट: नेपालको आयकर ऐनअनुसार बीमा प्रिमियममा वार्षिक कर छुट पाउने सुविधा समेत छ।

जीवन बीमा: धनीको मात्र होइन, सबैका लागि

धेरै मानिसहरू सोच्छन्, "जीवन बीमा त धनीहरूले मात्र गर्ने कुरा हो।" तर यो सोच गलत हो। बीमा योजना यस्तो बनाइएको छ कि न्यून आय भएका व्यक्तिहरूले पनि सानो रकम बचत गरेर ठूलो सुरक्षा लिन सकून्। उदाहरण:

दिनको केवल २० रुपैयाँ (एक कप चियाको बराबर) जोगाएर तपाईंले ३ लाख रुपैयाँको जीवन बीमा गर्न सक्नुहुन्छ।

विस्तृत योजना: बीमित उमेर: २५ वर्ष

वार्षिक प्रिमियम: रु ६,७२६/-

दैनिक बचत: करिब रु १८–२०

सम्पूर्ण रिस्क कभरेज: रु ३,००,०००/-

म्याच्युरिटीमा फिर्ता हुने रकम: झण्डै रु २ लाख

सुविधाहरू: ADB (Accidental Death Benefit):

दुर्घटनामा मृत्यु भएमा अतिरिक्त रु २ लाख लाभ + बोनस

PTD (Permanent Total Disability): स्थायी अपांगता भएमा रु १ लाख लाभ

PWD (Premium Waiver Benefit): अपांग भएमा बीमा शुल्क छुट (रु ६,७२६/-)

MIB (Monthly Income Benefit): मासिक रु १,०००/- आय

DSA (Double Sum Assured): दुई गुणा बीमाङ्क लाभ रु १ लाख

FB (Funeral Benefit): काजक्रियाका लागि रु २५,०००/-

CI (Critical Illness): घातक रोग लागेमा उपचार खर्च रु १ लाख

उपरोक्त विवरण एक उदाहरणको रूपमा प्रस्तुत गरिएको हो। तपाईंले चाहनु भएको बीमा रकम अनुसार सबै सुविधा र रकमहरू बढ्दै जान्छन्।

जीवन बीमा केवल मृत्युपछि पैसा पाइने योजना होइन। यो एउटा आर्थिक सुरक्षा कवच, बचतको माध्यम, र परिवारप्रति जिम्मेवारी पूरा गर्ने उपाय हो। धेरैजसो आर्थिक समस्याहरू अचानक आउँछन्। त्यसैले समयमै जीवन बीमा गर्नाले तपाईँको परिवार, भविष्य र आत्मविश्वासलाई बलियो बनाउँछ। सानो बचतबाट सुरु गरेर पनि ठूलो सुरक्षा प्राप्त गर्न सकिन्छ।

(हरिबहादुर थापा सिटिजन लाइफ इस्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन्।)

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया